खल्तीले ल्यायो स्क्यानमा स्कूटर अफर

खल्ती डिजिटल वालेटले स्क्यानमा स्कूटर अफर ल्याएको छ । फोनपे क्यूआर स्क्यानमा टीभीएस एन्टोर्क, वान प्लस नर्ड र ५ हजार रुपैयाँसम्म जित्ने योजना ल्याएको सो कम्पनीले जानकारी दिएको छ ।
फोनपे क्यूआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभइ खल्तीमार्फत क्यूआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि बिजेता हुने कम्पनीले जनाएको छ । यस अभियानमा खल्तीबाट फोनपे क्यूआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले बम्पर उपहार टीभीएस एन्टोर्क स्कूटर प्राप्त गर्ने भएका हुन्‌ ।
त्यसैगरी, हरेक हप्ता दुई प्रयोगकर्ताले वान प्लस नर्ड स्मार्टफोन एन १०० पुरस्कार र दैनिक ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो अफर फागुन २६ देखि आगामी वैशाख १० गतेसम्म लागू रहनेछ ।प्रयोगकर्ताहरूलाई क्यूआर सहज भुक्तानी सुविधा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन द सिटी अफ सिल्भिया : प्रेमको खोज
-
राजदूत पण्डित भन्छन् : इजरायलमा अहिले स्थिति गम्भीर छ
-
मार्क्रम नायक बन्दा दक्षिण अफ्रिकालाई वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि
-
हिँड्न अनुरोध गरिरहेका पाइला
-
उद्योगहरू सञ्चालन हुन नदिन प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई प्रलोभनमा पारिन्छ : महासचिव भुसाल
-
प्रचण्ड कप भलिबल : पुलिसलाई सोझो सेटमा हराएर एपीएफ बन्यो च्याम्पियन