बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

पट्यार लागेपछि सेक्युरिटी गार्डले लाखौं डलरको पेन्टिङमा बनाइदिए आँखा

बिहीबार, २६ फागुन २०७८, १५ : ५६
बिहीबार, २६ फागुन २०७८

कामको पहिलो दिनमै पट्यार लागेकाले एक सुुरक्षाकर्मीले १० लाख डलरको पेन्टिङ नै बिगारिदिएका छन् । मुहारको आकृति नभएको उक्त आर्टमा उनले मुहारमा आँखा बनाइदिएका हुन् ।
अन्ना लेपोरस्कायाको थ्री फिगरको कला १९३२ देखि १९३४ को बीचमा रङ्ग्याइएको थियो । यसलाई एकटरिनबर्गमा बोरिस यल्सिनको प्रेसिडेन्सियल सेन्टरमा राखिएको थियो । गत वर्षको डिसेम्बरमा कसैले यो कलामा केही अचम्मलाग्दो परिवर्तन पाएका थिए ।

तीन फिगर उतारिएको अभान्ट–ग्रेड पिस मौलिक रुपमा अनुुहारबिनाको थियो । तर यीमध्ये दुुईमा आँखाको साना थोप्ला बनेका छन् ।
यसरी आकृति बिगारिएको तथ्यलाई पहिलो पटक डिसेम्बर ७ मा २ अवलोकनकर्ताले पत्ता लगाएका थिए । उनीहरुले एल्सिन सेन्टरका कर्मचारीलाई यसको बारेमा खबर पनि गरेका थिए ।

यसलाई बिगारेबापत ती सुुरक्षाकर्मीले यसको क्षतिपूर्ति गर्न सक्ने अपेक्षा कसैले पनि गरेका छैनन् ।
‘तोडफोड गर्ने कर्मचारीको उद्देश्य अझै पनि प्रस्ट हुन सकेको छैन । तर प्रशासनले भने यो कुनै प्रकारको विवेकमा कमी भएको मानेका छन्,’ एल्सिन केन्द्रका कार्यकारी निर्देशक अलेक्जेन्डर ड्रोजडोभले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप