सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फागुन ३० मा साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

शुक्रबार, २७ फागुन २०७८, १५ : ५९
शुक्रबार, २७ फागुन २०७८

साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्। दुई दिने भ्रमणका लागि ३० फागुनमा नेपाल आउने भएको उनी १ चैतमा फर्कने जनाइएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएका हुन् ।

नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि परराष्ट्रमन्त्री डा.नारायण खड्काको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने, नेपाल र साउदी अरब सरकारको बीच हुने जनरलको अप्रेशन एग्रिमेन्ट बिट्वीन द गभर्मेन्ट अफ नेपाल एण्ड गभर्मेन्ट अफ द किङ्डम अफ द साउदी अरेबियाको मस्यौदा स्वीकृत गरी नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने निर्णय पनि सरकारले गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त अरब इमिरेट्स, सेसेज र कतार भ्रमण गर्न स्वीकृत दिने, तुल्सीपुर उपमहानगरपालिका र स्पेनको बिलओ नगर परिषदबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत प्रदान गर्ने निर्णय समेत बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप