विश्वकै लामो कारले आफ्नै पुरानो रेकर्ड तोड्यो

विश्वकै सबैभन्दा लामो कारको पुनः स्थापित संस्करणले आफ्नै पुरानो रेकर्ड तोडेको छ । १०० फिट १.५ इन्च लामो यो कारले आफ्नो पुरानो रेकर्ड तोडेको हो ।
गिनिज बुक अफ वर्ल्डमा विश्वकै लामो कारको कीर्तिमान बनाएको यो कार यसअघि १९८६ मा निर्माण गरिएको थियो । उक्त समयमा यो कारको लम्बाई ६० फिट लामो थियो । यसलाई जे ओहरबर्गले १०० फिट लामो बनाएका थिए । यो लम्बाईसँगै उक्त कारले गिजिन बुक अफ वर्ल्डमा विश्वकै लामो कारका रुपमा पुरानो रेकर्ड तोडेको छ ।
यो सवारी साधन न्यूजर्सीको वेर हाउसमा थन्किनुपूर्व फिल्महरुमा कयौं पटक देखा परेको थियो । यहाँ यो सवारी साधनलाई कयौं वर्षसम्म राखिएको थियो ।
अटोसिअम प्रविधि शिक्षण संग्रहालयका मालिक मिचेल म्यानिङले यसलाई स्मरणीय बनाउन संग्रहालयमा राख्ने निर्णय गरेका थिए । भण्डारणमा राख्दाको समयमा यसमा खिया आएको थियो र पार्टपूर्जाहरु जोगाउन नसक्ने अवस्थामा पुुगेका थिए ।
‘सुरुमा मैले कार अटोबडीको रुपमा न्यूजर्सीमा देखेको थिएँ र यो फोहोरको रुपमा परिणत भएको थियो । यसलाई छोपिएको थियो, झ्यालहरु फूटेका थिए । टायरहरु फाटेका थिए । तर मैले कुनै पनि तरिकाले माया गर्छु भन्ने सोचेँ,’ उनले भने, ‘‘म यो कार प्राप्त गर्न गइरहेको छु र पुनः मर्मत गरेर राख्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुटिया नदीमा डुबेर एक बालकको मृत्यु
-
क्लब विश्वकप : डर्टमन्ड बराबरीमा रोकियो, रिभर प्लेटको सहज जित
-
कटहरियाको नगरसभाबाट ५४ करोड बजेट पारित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
नवप्रवर्तनको घोषणा नारामै सीमित : उद्योग मन्त्रालयको बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै