अर्को महिनादेखि न्युजिल्यान्डको सीमा खुल्ने
न्युजिल्यान्डले १३ अप्रिलदेखि अस्ट्रेलियन नागरिकलाई क्वारेन्टाइन र आइसोलेशन बिना आफ्नो मुलुकमा प्रवेश दिने भएको छ । पूर्ण रुपमा खोप लगाएका ६० मुलुकका भिसामा छुट दिइएका पर्यटकहरु पनि मे २ देखि न्युजिल्यान्ड आउन पाउने छन् । यी मुलुकहरुमा संयुक्त अधिराज्य र अमेरिका पनि समावेश छन् । सबै आगन्तुकले कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ ।
महामारी विश्वव्यापी रुपमा फैलिएसँगै न्युजिल्यान्डले २०२० को मार्चमा आफ्नो सीमा बन्द गरेको थियो । अस्ट्रेलियाबाट छोटो अवधिका लागि आउने आगन्तुक बाहेक सबैलाई सीमा बन्द गरिएको थियो । हाल केवल न्यूजिल्यान्डका नागरिकलाई मात्रै आफ्नो मुलुकमा आउने र बाहिर जाने अनुमती दिइएको छ । न्युजिल्यान्ड विश्वलाई स्वागत गर्नका लागि तयार भएको प्रधान मन्त्री जासिन्डा आर्डनले बताएकी छन् ।
‘सीमाना पुनः खुला गर्ने कामको अर्को चरणलाई अगाडि बढाउन हामीले निर्देशिका प्राप्त गरेका छौ, हामी हाम्रा पर्यटकलाई फर्काउन चाहन्छौ,’ बुधबार उनले बताइन् । पहिलेनै भिषा भएका तर भिषा छुटको सूचीमा नभएकाहरु मे १ देखि न्युजिल्यान्ड प्रवेश गर्न पाउने छन् । आफ्नो मुलुक प्रतिदिन एक हजार संक्रमणबाट केही साताको अवधिमै बिस हजारमा पुगेको थियो । यस अवस्थाबाट गुज्रेका न्यूजिल्यान्डका जनताहरु अबको अवसर छोप्न चाहन्छन् ।
आर्डनले गत वर्षको अक्टोबरसम्म कोभिड समाप्त पार्ने नीति अवलम्वन गरेकी थिइन् । तर, हाल न्युजिल्यान्ड योग्य जनसंख्याको ९५ प्रतिशत खोप लगाएको अवस्थामा छ । महामारी सुरु भएपछि यो मुलुकमा ११५ कोभिडका कारण मृत्यु भएको छ । कोभिडका बिरामीलाई केही आइसोलेशनको मापदण्डमा सहज बनाए बाहेक यो मुलुकले उच्च तहको प्रतिबन्धमा गएको थियो । यसमा ठूलो संख्यामा भेला हुन रोक लगाउनुका साथै मास्क अनिवार्य गरिएको थियो । खोप नलगाएका मानिसहरुलाई केही क्षेत्रमा काम गर्न दिइएको थिएन । यसले राजधानी वेलिङटनमा तीन सातासम्म विरोध प्रदर्शन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण