शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

वसन्तपुरमा होलीको रौनक, ३४ तस्बिरमा हेर्नुहोस्

बिहीबार, ०३ चैत २०७८, १८ : २५
बिहीबार, ०३ चैत २०७८

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको छ । उपत्यकाका काठमाडौ, भक्तपुर र ललितपुर लगायत हिमाली र पहाडी जिल्लामा सर्वसाधारणले निकै हर्षोल्लासका साथ होली मनाएका हुन् । काठमाडौंका विशेषगरी वसन्तपुर, ठमेल लगायतका स्थानमा मनाइएका होली कार्यक्रममा विदेशी पर्यटकहरु समेत देखिएका थिए ।

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ,अबिर लगाइदिने,नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ । 

हामीले काठमाडौंको वसन्तपुर क्षेत्रमा मनाइएको होली कार्यक्रमका तस्बिरहरुलाई यहाँ प्रस्तुत गरेका छौ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप