कोरोनाले थलिएको पर्यटन व्यवसाय प्रबद्र्धन गर्न कञ्चनजंघादेखि हिल्सासम्म साइकल यात्रा
नेपालको साहसिक पर्यटन प्रवर्द्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदुरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् । साइकल यात्रामा निस्कन लागेका लामालाई आइतबार पर्यटन बोर्डमा विदाई गरिएको छ ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र जिएचटी अन व्हीलको आयोजनामा हुन लागेको यो यात्रामा विभिन्न संघसंस्थाहरूको सहयोग रहेको लामाको यो यात्रा १७ सय किलोमिटर लामो रहने छ । पर्यटन बोर्डमा आयोजित विदाई कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै लामाको साइकल यात्राले नेपालको साहसिक पर्यटनमा थप टेवा पुग्ने बताए ।
उनले साहसिक पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकार सधै सकारात्मक रहेको समेत बताए । यस्तै पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले साहसिक पर्यटन नेपालको पहिचान भएको बताउँदै बोर्डले सिमित स्रोत साधनका बीच काम समग्र पर्यटन प्रर्वद्धनको काम गरेको जानकारी दिए ।
साइकल यात्री लामाले आफ्नो पहिचान भन्दा पनि देशको पहिचानको लागि आफुले कठिन र जोखिमपूर्ण यात्रामा निसक्न लागेको बताउँदै यस प्रकारका कार्यक्रममा बोर्ड सहित अन्य सरकारी निकायको सहयोग आवश्यक रहेको बताए । लामाले चैत १८ बाट कञ्चनजंघादेखि साइकल यात्रा शुरु गर्ने र सो यात्रा ६० देखि ७० दिनसम्मको हुने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण