मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

पाँच दिनभित्र ९० करोड बक्यौता तिर्न तीन क्यासिनोलाई आलेको अल्टिमेटम

बिहीबार, १० चैत २०७८, ०७ : ४१
बिहीबार, १० चैत २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन् । पटक-पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले अल्टिमेटम दिएका हुन् ।

आर्थिक वर्ष २०७६/७७  सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ । विभागले आज सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौँको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्‍याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ । रोयल्टी र नवीकरणबापतको बक्यौता पाँच दिनभित्र नबुझाए कारबाहीको चेतावनी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप