सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेवास्ता गर्नै नहुने टीबीको सामान्य लक्षण

बिहीबार, १० चैत २०७८, ११ : २३
बिहीबार, १० चैत २०७८

क्षयरोग अर्थात् ट्युबरक्लोसिस (टीबी) एक प्रकारको गम्भीर संक्रमण हो । यो संक्रमण हुँदा फोक्सोमा असर पर्छ । यसले बिस्तारै बिस्तारै मस्तिष्क र करङ लगायत शरीरका अन्य भागमा समेत असर पार्छ । यो रोग माइकोब्याक्टीरियम ट्युबरक्लोसिस नामक एक ब्याक्टेरियाको कारण लाग्न सक्छ । 

टीबीका लक्षणहरुः
१. टीबीको सबैभन्दा आम लक्षण खोकी हो । लामो समयसम्म लगातार खोकी लाग्नु टीबीको संकेत हुनसक्छ । २ देखि ३ हप्तासम्म खोकी लाग्ने र खकार पनि आउने गर्छ । 
२. खोकीसँगै रगत देखापर्छ । 
३. छातीमा पीडा हुने र सास फेर्न गाह्रो महसुस हुन्छ । 
४. तीव्र गतिमा तौल कम हुँदै जान्छ । 
५. अत्यधिक थकाइ लाग्छ ।
६. ज्वरो आउँछ ।
७. रातिमा पसिना आउँछ ।
८. जाडो धेरै हुन्छ ।
९. भोक लाग्दैन ।

टीबी संक्रमित व्यक्तिहरुले खोक्दा वा हाँछ्यु गर्दा माइकोब्याक्टीरियम ट्युबरक्लोसिस ब्याक्टेरिया हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । विशेषज्ञका अनुसार टीबीको जिवाणु सजिल्यै फैलिन सक्छ । यसले फोक्सोलाई असर पार्छ । 

टीबी दुई प्रकारका हुन्छन् । एउटा लेटेन्ट टीबी हो भने अर्को एक्टिभ टीबी हो । लेटेन्ट टीबीले मानिसलाई संक्रमित गर्दैन भने यसको कुनै पनि खास लक्षण देखिदैन । यो टीबीमा शरीरको भित्री भागमा इन्फेक्शन हुन्छ । एक्टिभ टीबीमा संक्रमण उच्च हुन्छ । भने यसले व्यक्तिलाई अत्यन्तै कमजोर बनाइदिन्छ । यो संक्रमणमा अन्य व्यक्तिमा फैलिने सम्भावना पनि बढी हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप