आईसीसी महिला विश्वकप : दक्षिण अफ्रिका सेमिफाइनलमा
दक्षिण अफ्रिका आईसीसी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वेष्ट इन्डिज विरुद्धको खेल खराब मौसमको कारण स्थगित भएपछि दक्षिण अफ्रिका सेमिफाइनल पुगेको हो । पानी परेका कारण ढिलो सुरु भएको खेललाई २६ ओभरमा छोट्याइएको खेलले ११ औ ओभरबाट निरन्तरता पाउन नसकेपछि खेल रद्द गर्नुपरेको थियो ।
यता सात खेलमा सात अंक रहेको वेष्ट इन्डिजको विश्वकपको यात्रा अब भारत र इंग्ल्याण्डको खेलको नतिजामा भरपर्ने छ । खेलमा वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेपछि दक्षिण अफ्रिका ब्याटिङमा आएको थियो । १० ओभर ५ बलमा ४ विकेट गुमाएर दक्षिण अफ्रिकाले ६१ रन जोडेपछि पुनः खराब मौसम बाधक बन्न पुग्यो र खेल खेल रद्द भएको थियो ।
यसअघि अष्ट्रेलियाले ६ खेलमा ६ जित निकाल्दै १२ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरेको थियो । दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने दोस्रो टोली हो । यता बिहीबार नै भएको अर्को खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै अन्तिम चारको सम्भावना कायम राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्क घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण