पोखरामा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु
बिहीबार, १० चैत २०७८, १६ : २६
कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा बिहीबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छिन् । ग २२ प ००७ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो ।
दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षिय किस्मत वाग्लेको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते उनलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । पैदलयात्री महिला भने उपचार पश्चात डिस्चार्ज भइसकेकी छिन् । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण