विश्वमा इतिहासमा आजः रुसमा पुटिन राष्ट्रपतिदेखि इजरायल र इजिप्टबीच ऐतिहासिक सन्धि
आज २६ मार्च । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटना
रुसमा पुटिन राष्ट्रपति
सन् २००० मा भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा निर्वाचित भएका थिए । भूतपूर्व केजीबी अधिकारी पुटिनले रुसलाई १९९० को आर्थिक संकटबाट मुक्त गरेकोमा सुरुवाती समयमा उनको प्रशंसा गरिएको थियो । रुसमा लामो समयदेखि एकछत्र शासन कायम गरेका पुटिनको पछिल्लो समयमा युक्रेनमाथि रुसी हमला गर्ने निर्णयका कारण अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरेको छ । रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला गरिरहेको छ ।
मर्कोसर समूह स्थापना
सन् १९९१ मा चार ओटा दक्षिण अमेरिकी देशहरुले मर्कोसर समूह स्थापना गरेका थिए । अर्जेन्टिना, ब्राजिल, उरुग्वे र पारग्वे समूहका संस्थापक सदस्य हुन । साझा बजार प्रबद्र्धन गर्ने उदेश्यले समूह स्थापना गरिएको हो ।
इजरायल र इजिप्टबीच ऐतिहासिक सन्धि
सन् १९७९ मा इजरायल र इजिप्टबीच ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । इजिप्टका राष्टपति अजवर अल सदात र इजरायलका प्रधानमन्त्री मेनाचेम बिगिनले सो सन्धिमा हस्ताक्षर गरेका थिए । सम्झौतासँगै दुई देशबीचको ३० वर्ष लामो युद्ध समाप्त भएका थियो ।
जैविक हतियार सन्धि
सन् १९७५ मा जैविक हतियार सन्धि कार्यान्वयनमा आएका थियो । सन्धिले जैविक र विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाएको छ । यसलाई अहिले विश्वका अधिकांश देशहरूले अनुमोदन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण