१ सय ४० किलोका थिए अर्जुन कपूर, फिल्ममा आउनुपूर्व यी स्टार्स पनि थिए मोटा
सन् २०१२ मा रिलिज भएको फिल्म ‘इशकजादे’ बाट बलिउडमा डेब्यू गर्ने अर्जुन कपूर ३२ वर्ष भइसकेका छन् । उनको जन्म सन् १९८५ जून २६ तारिखमा मुम्बईमा भएको थियो । अर्जुनको गन्ती ती सेलिब्रिटीमा गरिन्छ जसको तौल अत्यधिक थियो । अर्जुन फिल्ममा आउनुपूर्व उनको तौल १ सय ४० किलो थियो । उनले फिल्ममा डेब्यू गर्नुपूर्व करिब ५० किलो तौल कम गरेका थिए ।
आजकाल उनी ६७ किलोका छन्ः
यसरी घटाए तौल
अर्जुनले डेब्यू फिल्मका लागि आफ्नो तौल कम गर्न निकै मेहनत गर्नुपर्यो । आजकाल उनको तौल करिब ६७ किलो वरिपरि छ । सलमान खानले उनको तौल कम गर्न निकै मद्दत गरे । रियालिटी शो ‘बिग बस’ मा जब अर्जुन कपूर फिल्म ‘तेवर’ को प्रोमोशनका लागि गएका थिए तब उनले यसबारे खुलासा गरेका थिए । एक अन्तर्वार्ताको क्रममा उनले तौल घटाउनका अपनाएका तरिकाबारे पनि जानकारी दिएका थिए । उनका अनुसार उनले एक महिनामा करिब १० किलोसम्म तौल कम गर्ने गर्दथे । यद्यपी, यो क्रममा उनको तौल घटबढ भइरहन्थ्यो । अर्जुनले तौल कम गर्नका लागि क्रस फिट व्यायाम गर्न सुरु गरे जुन स–साना मसल्समा फोकस हुन्थ्यो । यो व्यायाम २० मिनेटको हुन्छ ।
एकै पटक तीन बर्गर सिद्धाउँथे अर्जुनः
फिल्ममा आउनुपूर्व अर्जुन एकैपटक तीनवटा बर्गर खाने गर्दथे । यद्यपी, पछि उनले आफ्नो डाइटमा निकै ध्यान दिए र जंक फूड खान निकै कम गरिदिए ।
जरिन खानः
स्कूल पढ्दा जरिन खान सय किलोको थिइन् । फेसबुक पोष्टमार्फत जरिनले बताएकी थिइन्, ‘म हरेक दिन जिममा कडा मेहनत गर्दथें किनभने तौल घटाउने कुनै छोटो तरिका छैन ।’ अहिले जरिन ५७ किलोकी छिन् ।
सोनाक्षी सिन्हाः
बलिउड करियरको सुरुवात गर्नुभन्दा पहिले सोनाक्षीले ३० ३० किलो तौल घटाएकी थिइन् । एक अन्तर्वार्तामा सोनाक्षीले भनेकी थिइन्, ‘तौल कम गर्न कम थिएन । म जिमलाई घृणा गर्नेमध्ये एक हुँ । मलाई जिमसँग एलर्जी छ । म यसबाट टाढा भाग्न चाहन्छु ।’
‘मलाई लाग्छ कि मैले एक पटक कुनै कुरामा आफ्नो ध्यान लगाएँ भने म त्यसलाई पाएरै छाड्छु र मलाई लाग्छ, मैले त्यही गरें ।’
सोनम कपूरः
बलिउडमा प्रवेश गर्नुपूर्व सोनम कपूर निकै मोटी थिइन् । एक अन्तर्वार्तमा सोनमले भनेकी थिइन्, ‘हरेक महिलाजस्तै मैले ऐना हेर्दै थुप्रै पटक अनिँदो रात बिताएकी छु । मात्र यो सोच्ने गर्दथें कि मेरो शरिर किन यस्तो देखिन्छ ? मेरो पेट किन निस्किएको छ ? मेरा हात किन यति मोटा छन् । के मेरा स्ट्रेच मार्क कहिले जालान् ?’ स्मरण रहोस्, फिल्म ‘सांवरिया’ बाट डेब्यू गर्नुभन्दा पहिले उनी ८६ किलोकी थिइन् । उनले खानपिन र व्यायाममार्फत आफ्नो ३० किलो कम गरेकी थिइन् ।
आलिया भट्टः
आलियाले डेब्यू फिल्म ‘स्टूडेन्ट अफ द इयर’ का लागि करिब १६ किलो तौल घटाएकी थिइन् । अचम्मको कुरा के छ भने आलियाले तीन हप्तामा १६ किलो तौल घटाउन सफल भएकी थिइन् । त्यतिबेला उनको तौल ६७ किलो थियो । आलिया भन्छिन्, ‘मेरो हात कति ठूलो भयो, अब मलाई एब्ज बनाउनु छ भनेर सोच्दैनथें । म स्वस्थ र फिट हुन चाहन्थें ।’
परिणीति चोपडाः
परिणीति चोपडालाई मानिसहरुले किन तौल घटाएको भन्ने प्रश्न सोध्दा उनले ‘भगवानलाई धन्यवाद दिन चाहन्छु किनभने उनले मलाई नायिका बनाइदिए । प्रेशर हुनुका कारण तौल घटाउन सफल भएँ । परिण्ीतिको तौल ८६ किलो थियो र करिब ३८ किलो तौल कम गरेकी थिइन् ।’
अदनान सामीः
अदनान सामीले शल्यक्रियामार्फत आफ्नो तौल घटाए । एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘जब मेरा पिताले मलाई उनी मभन्दा पछि मर्न नचाहेको बताएका थिए । त्यतिबेला मलाई तौल कम गर्ने प्रेरणा मिल्यो । मैले ६ वर्षमा १ सय ६० किलो तौल घटाएँ ।’ स्मरण रहोस्, उनको तौल कुनैबेला २ सय ६ किलो हुने गर्दथ्योे ।
भूमी पेडनेकरः
‘दम लगाके हाइशा’ का लागि नायिका भूमिले ८५ किलो तौल बढाएकी थिइन् । तर केही समयपछि उनले ३० किलो तौल कम गरिन् । भूमी भन्छिन्, ‘मैले घरको खाना खाएर तौल घटाएँ । आफूलाई मन परेको खाना खान कहिले रोक्नु परेन ।
ज्याकी भगनानीः
ज्याकी भगनानीले अहिलेसम्म बलिउडमा ठूलो सफलता पाएका छैनन तर तौल कम गर्न भने सफल रहे । कुनै बेला उनको तौल १ सय ३० किलो थियो । अभिनयको भूत सवार भएपछि उनले जिममा पसिना बगाए र ८० किलो तौल कम गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण