रुसविरुद्धको प्रतिबन्धले अमेरिकी डलरलाई कमजोर बनाउँछ : आइएमएफ
रुसविरुद्धको प्रतिबन्धले अमेरिकी डलरको विश्वव्यापी वर्चश्वलाई कमजोर बनाउने अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रथम उपप्रवन्धनिर्देशक गीता गोपिनाथले बताएकी छन् । ‘यो अवस्थामा पनि डलर प्रमुख विश्वव्यापी मुद्राकै रुपमा रहिरहने र यसको असर सानो तहमा हुनेछ,’ गीता गोपिनाथले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्ताको क्रममा भनेकी छन् ।
केही मुलुकले पहिलेनै उनीहरुले व्यापारका लागि भुक्तानी गर्ने मुद्राको बारेमा छलफल गरिरहेको उनले थपिन् । रुस र भारतले हालैमात्र रुपैयाँ र रुवल संयन्त्रको बारेमा तयारी गरिरहेका छन्, जसले उनीहरुको व्यापारमा डलरलाई छल्दै राष्ट्रिय मुद्राहरुलाई प्रयोगमा ल्याउन अनुमती दिने उनको भनाइ छ ।
गोपिनाथका अनुसार रुसले युक्रेनमा सैन्य संचालन गरेपछि पश्चिमा मुलुकले ल्याएको कडा प्रतिबन्धात्मक नीतिले साना खालका मुद्राको उदय हुने देखिन्छ । यो भन्दा पनि विश्वव्यापी व्यापारमा डलर तथा युरोभन्दा अन्य मुुद्राको प्रयोग, मुद्रा सञ्चितीमा थप विविधिकरण आउन सक्ने उनले बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण