शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रुसविरुद्धको प्रतिबन्धले अमेरिकी डलरलाई कमजोर बनाउँछ : आइएमएफ

शुक्रबार, १८ चैत २०७८, १३ : १२
शुक्रबार, १८ चैत २०७८

रुसविरुद्धको प्रतिबन्धले अमेरिकी डलरको विश्वव्यापी वर्चश्वलाई कमजोर बनाउने अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रथम उपप्रवन्धनिर्देशक गीता गोपिनाथले बताएकी छन् । ‘यो अवस्थामा पनि डलर प्रमुख विश्वव्यापी मुद्राकै रुपमा रहिरहने र यसको असर सानो तहमा हुनेछ,’ गीता गोपिनाथले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्ताको क्रममा भनेकी छन् । 

केही मुलुकले पहिलेनै उनीहरुले व्यापारका लागि भुक्तानी गर्ने मुद्राको बारेमा छलफल गरिरहेको उनले थपिन् । रुस र भारतले हालैमात्र रुपैयाँ र रुवल संयन्त्रको बारेमा तयारी गरिरहेका छन्, जसले उनीहरुको व्यापारमा डलरलाई छल्दै राष्ट्रिय मुद्राहरुलाई प्रयोगमा ल्याउन अनुमती दिने उनको भनाइ छ ।

गोपिनाथका अनुसार रुसले युक्रेनमा सैन्य संचालन गरेपछि पश्चिमा मुलुकले ल्याएको कडा प्रतिबन्धात्मक नीतिले साना खालका मुद्राको उदय हुने देखिन्छ । यो भन्दा पनि विश्वव्यापी व्यापारमा डलर तथा युरोभन्दा अन्य मुुद्राको प्रयोग, मुद्रा सञ्चितीमा थप विविधिकरण आउन सक्ने उनले बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप