बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको उद्धार
नेपाल प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ र विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले बूढानीलकण्ठ नगरपालिका–३ मित्रचोक बस्ने ४५ वर्षीय पेमा शेर्पालाई चार घण्टापछि सोमबार बेलुका सकुशल उद्धार गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सोमबार दिउँसो २ः३० बाट हराएकी शेर्पाको साँझ ६ः३५ बजे इनारबाट सकुशल उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएकी शेर्पा हरि श्रेष्ठको घरमा डेरा बस्दै आएकी थिइन् ।
“अचेत अवस्थामा रहेकी शेर्पालाई १७ जनाको प्रहरी टोलीले उद्धार गरेको हो, शेर्पाको अहिले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित करुणा अस्पतालमा उपचार भइरहेको छ”, उनले भने । अचेत अवस्थामा रहेकी शेर्पा अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन
-
अन्तिम खेलअघि नै शृंखला जित्यो वेस्ट इन्डिजले, नेपाल २८ रनले पराजित
-
सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढेको छ : प्रधानमन्त्री
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– डोजरले समस्या समाधान हुँदैन
-
आन्दोलनमा १ हजार ३०० विद्यार्थी पक्राउ
-
गुलसन पनि १९ रन बनाउँदै आउट भए