सभामुख सापकोटा र चिनियाँ जनसंसद्का सभामुखबीच छलफल
शुक्रबार, २५ चैत २०७८, २१ : १९
सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ जनसंसद्को स्थायी समितिका अध्यक्ष (सभामुख) ली झान्सुबीच छलफल भएको छ । परराष्ट्र मन्त्रालयले जनाएअनुसार शुक्रबार उनीहरुबीच श्रव्यदृश्यका माध्यमबाट छलफल भएको हो । छलफलका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हो ।
दुवै देशका सांसदहरुको नियमित भ्रमण आदानप्रदान एवं अनुभव साटासाट गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको थियो । सभामुख सापकोटाले चिनियाँ जनकंग्रेसका अध्यक्ष लीलाई नेपाल भ्रमणको निमन्त्रणा दिए । यस्तै चिनियाँ सभामुखले पनि सभामुख सापकोटालाई चीन भ्रमणका लागि आमन्त्रण गरेका थिए । छलफलमा संघीय संसद् सचिवालयका अधिकारीसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण