कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल : एमाले महासचिव
शनिबार, २६ चैत २०७८, १४ : २४
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल प्रकरणपछि अर्को गम्भीर भूल गरेको बताएका छन् । गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई कटुवाल प्रकरणसँग जोड्दै उनले माओवादीले दोस्रोपटक गम्भीर भूल गरेको बताए ।
शनिबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै महासचिव पोखरेलले तत्कालीन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारबाट बाहिरिनुपरेको स्मरण गराएका छन् ।
‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्बन,’ पोखरेलले भनेका छन्, ‘आर्थिक संकटको कारक अर्थमन्त्री र मूकदर्शक बनेका प्रम आफैं हुन् ।’ गर्भनर अधिकारीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले नै निलम्बन गरे पनि सरकारले शनिबारमात्रै सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण