युक्रेन : ईयूले कीभमा दूतावास पुनः खोल्यो
आइतबार, २७ चैत २०७८, ०८ : ५१

युरोपेली संघ (ईयू) ले युक्रेनको राजधानी कीभमा आफ्नो दूतावास पुनः खोलेको छ । यसअघि रुसको आक्रमणका कारण दूतावास पोल्याण्डमा सारिएको थियो । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बुरेलले शुक्रबार युक्रेनको भ्रमणका क्रममा यस्तो घोषणा गरेका हुन् । युक्रेनी प्रधानमन्त्री डेनिस स्माइलसँगको वार्तापछि बुरेलले उनीहरू अर्को ईयू–युक्रेन एसोसिएसन काउन्सिलको गठनको तयारीका साथ अगाडि बढ्न सहमत भएको जानकारी दिए ।
युक्रेनमा ईयू प्रतिनिधिमण्डलका प्रमुख म्याटी मासिकासले पनि कीभमा रहेको ईयू झण्डाको तस्बिरसहित यहाँ कूटनीतिक नियोग फिर्ता हुने संकेत गर्दै ट्वीट गरेका छन्। इटालीले पनि इस्टर सकिएपछि कीभमा आफ्नो दूतावास खोल्ने तयारी गरिरहेको छ। शनिबार इटालीको न्यूज सर्भिस अन्साले विदेशमन्त्री लुइगी मायोलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे
-
‘पेट्रोल’ फल्ने तरुल केसभाको सम्भावना
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु