युक्रेन : ईयूले कीभमा दूतावास पुनः खोल्यो
आइतबार, २७ चैत २०७८, ०८ : ५१
युरोपेली संघ (ईयू) ले युक्रेनको राजधानी कीभमा आफ्नो दूतावास पुनः खोलेको छ । यसअघि रुसको आक्रमणका कारण दूतावास पोल्याण्डमा सारिएको थियो । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बुरेलले शुक्रबार युक्रेनको भ्रमणका क्रममा यस्तो घोषणा गरेका हुन् । युक्रेनी प्रधानमन्त्री डेनिस स्माइलसँगको वार्तापछि बुरेलले उनीहरू अर्को ईयू–युक्रेन एसोसिएसन काउन्सिलको गठनको तयारीका साथ अगाडि बढ्न सहमत भएको जानकारी दिए ।
युक्रेनमा ईयू प्रतिनिधिमण्डलका प्रमुख म्याटी मासिकासले पनि कीभमा रहेको ईयू झण्डाको तस्बिरसहित यहाँ कूटनीतिक नियोग फिर्ता हुने संकेत गर्दै ट्वीट गरेका छन्। इटालीले पनि इस्टर सकिएपछि कीभमा आफ्नो दूतावास खोल्ने तयारी गरिरहेको छ। शनिबार इटालीको न्यूज सर्भिस अन्साले विदेशमन्त्री लुइगी मायोलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण