त्रिपक्षीय वार्ताको लागि प्रहरी निरीक्षक पुन नेतृत्वको टोली अदानचुलीमा
शनिबार मध्यान्न १ बजे भएको दुई पक्षीय घटना मिलाउन प्रहरी निरीक्षक दामु पुन नेतृत्वको प्रहरीको टोली जिल्ला सदर मुकाम सिमकोटबाट हेलिकोप्टरमा अदानचुली गाउँपालिकाको श्रीनगर पुगेको छ ।
हुम्ला जिल्लाको तल्लो भेग अदानचुली गाउँपालिका फडेरा गाउँमा भएको विवादलाई लिएर प्रमुख जिल्ला अधिकारी सीता परियारको समन्वयमा दुई राजनीति दल नेकपा एमाले र माओवादी केन्द्रका जिल्लास्तरिय नेतासँग भएको सहमति अनुसार प्रहरी निरीक्षक पुन नेतृत्वको टोली श्रीनगरमा पुगेको हो ।
अदानचुलिमा आपसी विवादमा संलग्न भएका दलसँगको बैठकले गरेको निर्णय अनुसार प्रहरी निरीक्षक पुन नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली श्रीनगर पुगेको छ ।
टोलीमा सशस्त्र प्रहरी निरीक्षक रमेश सारु र १२ जना प्रहरी सहभागी छन् । शनिबार बेलुका प्रजिअ परियारको समन्वयमा जिल्ला प्रशासन कार्यालयमा एमाले र माओवादी केन्द्रका नेताबीच बैठक बसेर प्रहरी निरीक्षकको नेतृत्वमा टोली श्रीनगर पुगेर विवाद समाधान गर्ने सहमति भएको थियो ।
शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताहरूले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको भन्दै माओवादी कार्यकर्ताले शनिबार दिउँसो अध्यक्ष फडेराको घरमा ढुंगामुढाका प्रहार गर्नुका साथै घर घरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण