रुसबाट भारतले तेल किनेपछि अमेरिकाले के भन्यो ?
रुसबाट तेल आयात गरेको विषयमा भारतले रुसमाथि लागेको कुनै पनि प्रतिबन्धको उल्लंघन नगरेको अमेरिकाले जनाएको छ । अमेरिकाको यो भनाइ प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनकाबीच भएको भर्चुअल भेटघाटपछि आएको हो ।
सोमबार ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले दुवै देशबीच भएको वार्ता सकारात्मक भएको बताएकी छन् । बाइडेनले भारतमा रुसबाट ऊर्जा कारोबार सीमित गर्न दबाब दिएको हो वा होइन भन्ने विषयमा साकीले भनिन्,‘उर्जा आयात प्रतिबन्धित छैन र भारतले हामीले लगाएको प्रतिबन्धको उल्लंघन गरेको छैन । हामी यो स्वीकार गर्छौ कि प्रत्येक देशले आफ्नो हितमा निर्णय लिने गर्छ ।’
यद्यपि दुई नेताबीचको बैठकको अवधिमा बाइडेनले प्रधानमन्त्री मोदीसँग रुसबाट प्रत्येक उत्पादनको आयात बढाउन भारतको हितमा नभएको साकीले बताएकी छिन् । बाइडेनले रुसबाट तेल खरिद नबढाउने विषयमा मोदीसँग कुनै प्रतिबद्धता मागेका थिए भनि सोधिएको प्रश्नमा साकीले भनिन्,‘यो विषयमा प्रधानमन्त्री मोदी र भारतीय नेताले नै भन्नेछन् । भारतले रुसबाट केवल १–२ प्रतिशत तेल मात्रै खरिद गर्छ । अमेरिकाबाट १० प्रतिशत खरिद गर्छ । यो कुनैपनि प्रतिबन्धको उल्लंघन होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण