सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रुसबाट भारतले तेल किनेपछि अमेरिकाले के भन्यो ?

मङ्गलबार, २९ चैत २०७८, ११ : ३९
मङ्गलबार, २९ चैत २०७८

रुसबाट तेल आयात गरेको विषयमा भारतले रुसमाथि लागेको कुनै पनि प्रतिबन्धको उल्लंघन नगरेको अमेरिकाले जनाएको छ । अमेरिकाको यो भनाइ प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनकाबीच भएको भर्चुअल  भेटघाटपछि आएको हो ।
 
सोमबार ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले दुवै देशबीच भएको वार्ता सकारात्मक भएको बताएकी छन् । बाइडेनले भारतमा रुसबाट ऊर्जा कारोबार सीमित गर्न दबाब दिएको हो वा होइन भन्ने विषयमा साकीले भनिन्,‘उर्जा आयात प्रतिबन्धित छैन र भारतले हामीले लगाएको प्रतिबन्धको उल्लंघन गरेको छैन । हामी यो स्वीकार गर्छौ कि प्रत्येक देशले आफ्नो हितमा निर्णय लिने गर्छ ।’
 
यद्यपि दुई नेताबीचको बैठकको अवधिमा बाइडेनले प्रधानमन्त्री मोदीसँग रुसबाट प्रत्येक उत्पादनको आयात बढाउन भारतको हितमा नभएको साकीले बताएकी छिन् । बाइडेनले रुसबाट तेल खरिद नबढाउने विषयमा मोदीसँग कुनै प्रतिबद्धता मागेका थिए भनि सोधिएको प्रश्नमा साकीले भनिन्,‘यो विषयमा प्रधानमन्त्री मोदी र भारतीय नेताले नै भन्नेछन् । भारतले रुसबाट केवल १–२ प्रतिशत तेल मात्रै खरिद गर्छ । अमेरिकाबाट १० प्रतिशत खरिद गर्छ । यो कुनैपनि प्रतिबन्धको उल्लंघन होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप