एकीकृत समाजवादी दैलेखका सचिव एमालेमा प्रवेश
शुक्रबार, ०२ वैशाख २०७९, १३ : ५४
नेकपा एकीकृत समाजवादी दैलेख जिल्लाका सचिव मानबहादुर खड्का एमालेमा प्रवेश गरेका छन् । एक कार्यक्रमका बीच उनलाई एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माले स्वागत गरेका हुन् ।
खड्काले प्रेस विज्ञप्ति जारी गर्दै आफू एमालेमा सामेल भएको सार्वजनिक गराएका छन् । उनले विज्ञप्तिमा भनेका भनेका छन्, ‘५० को दशकको सुरुमा पार्टी जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत रही मैले दैलेख कम्युनिष्ट आन्दोलनमा आफ्नो सकरात्मक र इमान्दार राजनीतिक कार्यकर्ताको परिचय छोडेको छु ।
आजैबाट एसको सबै जिम्मेवारी छोडी एमालेको झन्डामुनि गोलबन्द हुने निर्णय गरेको छु ।’ २०५४ सालको स्थानीय निकायको निर्वाचनमा कटी गाउँ विकास समितिमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण