स्थानीय तह निर्वाचनमा यस्ता छन् समाजवादी पार्टीका ३७ प्रतिबद्धता (पूर्ण पाठसहित)
नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तह निर्वाचनमा जनतासामु ३७ प्रतिबद्धता लिएर जाने भएको छ । मंगलबार राजधानीमा सार्वजनिक पार्टीको घोषणापत्रमा आम जनतालाई स्वास्थ्योपचार निःशुल्क उपलब्ध गराउन प्राथमिकता दिइने प्रतिबद्धता गरिएको छ ।
शिक्षाको गुणस्तरमा सुधार ल्याउने, हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने, २०० युनिट बिजुली निःशुल्क दिने, कृषिबाट जनस्तरमा सुधार ल्याउन कार्यक्रम ल्याउने, घरेलु तथा ग्रामीण उद्योग विकासमा जोड दिने तथा आत्मनिर्भरतामा जोड दिने, उद्यमशीलता विकासमा जोड दिने, हरेक पालिकामा युवा विभाग र हरेक वडामा खेल मैदान बनाउने, खेलाडीलाई सम्मान र प्रोत्साहनको प्रतिबद्धता जनाइएको छ।
यसबाहेक हरेक वडामा पार्क बाउने, फलफूलका बिरुवाले सडक सजाउने पालिकाहरूमा सुविधा सम्पन्न पुस्तकालय बनाउने, फोहोरलाई मोहोर बनाउने कार्यक्रम ल्याउने विषयलाई पनि प्राथमिकता दिइएको छ । सडक सञ्जाल विस्तार गर्ने, जातीय छुवाछुत मेटाउने, सामाजिक विकासका लागि साहित्य, कला र संस्कृति विकासमा जोड दिने, बालबालिका विशेष कार्यक्रम ल्याउने, ज्येष्ठ नागरिकमैत्री कार्यक्रम, महिलाको हित, तेस्रो लिङ्गीको हकहित, अपाङ्गको हकहित र भुपू सैनिक तथा प्रहरीको सम्मान गर्ने प्रतिबद्धता, श्रमिकको हकहितलगायतका विषयमा प्राथमिकता दिइएको छ ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


