ककनी गाउँपालिकामा माओवादीले छान्यो चुनावबाट उम्मेदवार
नुवाकोटको ककनी गाउँपालिकामा माओवादी केन्द्रले आन्तरिक चुनावबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । आकाङ्क्षी धेरै भएपछि ककनी गाउँपालिका कमिटीले आन्तरिक चुनावमार्फत अध्यक्षको उम्मेदवार छानेको हो । जसमा गाउँपालिका कमिटीका अध्यक्ष सुमन तामाङ ३४ मतका साथ विजयी हुँदै उम्मेदवार चयन भए । यस्तै मानबहादुर लामाले १८ मत ल्याए भने अर्का दाबेदार शक्ति लामाले जम्मा १ मत ल्याए ।
यसै गरी उपाध्यक्षको उम्मेदवारमा मिठुमाया लामाको नाम टुङ्गो लागेको अध्यक्षका उम्मेदवार सुमन तामाङले रातोपाटीलाई जानकारी दिए । सल्लाहकारसहित कुल ६२ मत रहेको ककनी गाउँपालिका कमिटीमा जम्मा ५३ मत खसेको थियो । ककनी गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा माओवादीकै उम्मेदवार मानबहादुर लामा विजयी भएका थिए । अर्को कार्यकालका लागि पनि उनले आकांक्षा देखाएको भए पनि आन्तरिक चुनावमै पराजित भएपछि उनको चाहना पूरा हुन पाएन । ककनीमा सत्ता गठबन्धनबीच तालमेल भएको अवस्थामा आफूहरूले नेतृत्व पाउनुपर्ने दाबी माओवादी केन्द्रले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण