मुगुमा गठबन्धन सहमति नजिक
हिमाली जिल्ला मुगुमा गठबन्धन गरेरै स्थानीय तहको निर्वाचनमा जाने निर्णय भएको छ । करिब एक हप्ता भन्दा बढी छलफलमै रहेको सत्ता गठबन्धनले गठबन्धनमा जाने निर्णय गरेका हुन् ।
आज बसेको बैठकले केही निर्णय पारित गरे पनि प्राविधिक कारणले पूर्णता पाउन नसकेको र निर्णयहरु प्रदेशसँग परामर्श गरेर गठबन्धनको अन्तिम टुंगो लगाइने नेपाली कांग्रेस मुगुका सभापति ऐन बहादुर शाहीले बताए ।
'गठबन्धन गर्ने विषयमा हामी अन्तिम चरणमा पुगि सकेका छौं , प्राविधिक कारणले गर्दा गठबन्धन हुन्छ कि हुँदैन भन्ने नेताहरु अकमकाई रहेका छन्' सभापति शाहीले भने 'करिब अन्तिम चरणमा गठबन्धन गरेरै जाने र यसको भोलि सम्म टुंगो लाग्छ।'
स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनेर केन्द्रबाटै सर्कुलर भएपछि यहाँ गठबन्धन दलका नेताहरू एक सातादेखि छलफलमा व्यस्त रहेका छन् ।
गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाको सोरु गाउँपालिकामा अध्यक्ष, छाँयानाथ रारा नगरपालिकामा उपाध्यक्ष दाबी गरे पछि गठबन्धन हुन सकिरहेको छैन ।
जिल्लाका चार स्थानीय तहमध्ये तीन पालिकाको प्रमुख आफूले पाउनु पर्ने कांग्रेसको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण