कर्णालीमा सिट बाँडफाँटबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्दै
विहीबार ११ बजेसम्म कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धन संयन्त्रको बैठक बीना निष्कर्षका साथ टुंगिएको छ । भागवण्डाको अन्तिम टुंगो लगाउने भनेर बसेको बैठकमा घनिभूद छलफल भएपनि भागवण्डाको टुंगो भने लाग्न सकेन ।
बैठकमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभापति ललितजंग शाही, महामन्त्री निरन्जन केसी र कृष्णबहादुर रोकाय, माओवादी केन्द्रका तर्फबाट विमला केसी, एकीकृत समाजवादीबाट प्रकाश ज्वाला, चन्द्रबहादुर शाही लगायतका शीर्ष नेताहरुको उपस्थिति थियो ।
कर्णालीमा गठबन्धनभित्र देखिएको किचलोका कारण चुनावी तालमेल नहुने संकेत देखिएको थियो । तर बिहीबार राति भएको छलफलमा गठबन्धन दलबीच चुनावी तालमेल गरेर जानेमा पुनः परिस्थिति निर्माण भएको छ । भागवण्डाको अन्तिम टुंगो लगाउन आज दिउँसो पुन बैठक बस्ने बताइएको छ ।
एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अमरबहादुर थापाले कुनै हालतमा गठबन्धन नटुट्ने दाबी गरे । आज दिउँसो अन्तिम टुंगो लाग्छ,’ उनले रातोपाटीसँग भने ,‘कर्णालीबाट नै सुरु गरिएको गठबन्धन हो । गठबन्धन धरापमा पर्ला भन्ने नसोचे हुन्छ ।’ नेपाली काँग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीले पनि भागवण्डाको अन्तिम टुंगो लगाउन आज पुनः बैठक बस्ने बताए ।
यसअघि सोमबार बसेको गठबन्धनको बैठकले चुनावी तालमेलमा समस्या देखिएका जिल्लाहरुमा मंगलबार साँझसम्म सहमति गरेर प्रदेशमा निर्णय पठाउन समय दिइएको छ। तर बिहीबारसम्म सबै जिल्लाको रिपोर्ट आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
-
बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै
-
रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण