माओवादी पूर्वी रुकुमका तीन स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन हम्मेहम्मे
नेकपा माओवादी केन्द्रको पूर्वी रुकुमका तीन स्थानीय तहमा ३० जनाले उम्मेदवार बन्न आकांक्षा राखेपछि नेतृत्वलाई मिलाउन हम्मेहम्मे परेको छ । माओवादीको प्रभाव क्षेत्र मानिने पूर्वी रुकुमका तीन स्थानीय तहका ६ पदमा ३० जनाले दाबी गरेपछि सहमति गर्न समस्या भएको हो ।
माओवादी भित्रका आकांक्षी मिलाउन नसकेपछि गठबन्धनभित्र विषय प्रवेश नै गर्न पाएको छैन । ‘जिल्लाबाट स्थानीय तहमा उठ्छु भन्नेको संख्या ३० जना होइन अझै धेरै थिए, धेरैलाई ब्याक गराएका छौ ।’ जिल्ला कमिटी सदस्य ध्रुर्वविक्रम ओलीले भने,‘रोकेर फिल्टर गर्दा पनि ३० जना उम्मेदवार भएका छन् ।’ माओवादी पूर्वी रुकुम पार्टीले मिलाउन नसकेपछि उम्मेदवार टुंगो लगाउने विषय लुम्बिनी प्रदेश कमिटीमा पठाइएको छ । प्रदेशले निर्णय गरेर आइतबार पठाउने बताएको छ ।
सबै जिल्लाका सिफारिस प्रदेशमा आइपुगेको छ । प्रदेशले उपयुक्त उम्मेदवारको टुंगो लगाएर आइतबार मात्र पठाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य गणेशमान पुनले बताए ।
भूमे गाउँपालिका
अध्यक्ष : रामसुर बुढा, होमप्रकाश श्रेष्ठ, जयविर घर्ती, लालबहादुर विष्ट, ध्रुर्वविक्रम ओली
उपाध्यक्ष : मनकुमारी विष्ट, सविना बुढा, नमिता पुन, ओमकुमारी राना
सिस्ने गाउँपालिका
अध्यक्ष : कृष्णप्रसाद रेग्मी, कुमारी बराल, धनमान पुन
उपाध्यक्ष : जीवन केसी, आस्था विक, सुगन्धा मल्ल, रामजी शाह, बद्री थापा, सुवास मह
पुथाउत्तरगंगा गाउँपालिका
अध्यक्ष : जिताराम काकी, पुनिराज घर्ती, सरुन पुन, महेन्द्र बुढा ओमकुमारी शाही मल्ल,जानु छन्त्याल, गंगाबहादुर पुन
उपाध्यक्ष : दिलु बुढा, भुपेन्द्र बुढा, चेतना बुढा, पूर्णा मल्ल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
-
बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै
-
रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण