माओवादीले पूर्वी रुकुमका २ गाउँपालिकामा टुंग्यायो उम्मेदवार
नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमका तीन गाउँपालिकामध्ये दुई गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टुंगो लगाएको छ। भुमे गाउँपालिका अध्यक्षमा होमप्रकाश श्रेष्ठ उपाध्यक्षमा नमिता पुनलाई उम्मेदवार बनाएको हाे।
यस्तै पुथा उत्तरगंगा गाउँपालिका अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको पूर्वी रुकुम जिल्ला सदस्य धुर्वविक्रम ओलीले बताए। सिस्ने गाउँपालिका अध्यक्ष र उपाध्यक्षको भने टुंगो लागेको छैन। अध्यक्ष कृष्णप्रसाद रेग्मी, कुमारी बराल, धनमान पुनको नाम सिफारिस भएको छ ।
यस्तै उपाध्यक्षमा जीवन केसी, आस्था विक, सुगन्धा मल्ल, रामजी शाह, बद्री थापा, सुवास मह सिफारिस भएको छ। सिफारिस भएका मध्येबाट अध्यक्ष कृष्णप्रसाद रेग्मी र कुमारी बराल मध्ये एक जना टुंगो लाग्ने बताएको छ। यस्तै उपाध्यक्षमा आस्था विक र बद्री थापामध्ये एक जनाले पाउँने बताएको छ। तर, पूर्वी रुकुममा भोलि मात्रै तीन वटै गाउँपालिकाको उम्मेदवार टुंगो लाग्ने बताएको छ।
यस्तै नेपाली काँग्रेस नेकपा एमालेले यो जिल्लाका कुनै पनि गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण