वीरेन्द्रनगरको मेयरमा माओवादी केन्द्रले लगायो उम्मेदवारको टुंगो
सुर्खेतमा नेपाली काँग्रेस अनिर्णीत बन्दा नेकपा माओवादी केन्द्रले वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि उम्मेदवारको टुंगो लगाएको छ । वीरेन्द्रनगर १ का राजेन्द्रदेव गिरीलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाइएको हो ।
गठबन्धनभित्र निर्णायक भूमिका रहेको काँग्रेसले गठबन्धन गरेर जाने कुरामा लचकता नदेखाएकाले गिरीलाई उम्मेदवार बनाइएको हो । गिरी पूर्व सरकारी कर्मचारी समेत हुन् । २०५७ सालमा राष्ट्रिय कर्मचारी संगठन भेरी कर्णालीको संस्थापक सचिव समेत रहेका उनी ०५८ साल माघ २ गते राज्यबाट गिरफ्तार भएका थिए ।
झण्डै ७ महिना १८ दिन आर्मी हिरासत रहेका उनले माओवादी पार्टीभित्र सक्रिय राजनीति गरेका थिए । उनीसँग सहकारीका क्षेत्रमा काम गरेको समेत अनुभव छ । यसअघि उनी नेपाल वन पैदावर उद्योग व्यवसायी संघ सुर्खेतका जिल्ला अध्यक्ष समेत रहेका थिए । उनी माओवादी केन्द्र वीरेन्द्रनगर कमिटीका सल्लाहकार र प्रदेश परिषद सदस्य समेत हुन् । यस्तै उपमेयरको आज टुंगो लगाउने र भोली उम्मेदवारी दर्ता गराउने माओवादी केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
-
बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै
-
रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण