मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

दैलेखमा टुङ्गियो भागबण्डा, कुन पालिका कसको भागमा ?

आइतबार, ११ वैशाख २०७९, १६ : ५७
आइतबार, ११ वैशाख २०७९

बिहीबारदेखि जारी प्रदेशस्तरीय सत्तारुढ गठबन्धनको बैठकले दैलेखका पालिकाहरुको सिट बाँडफाँट गरेको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा ०७४ मा शून्यमा रहेको नेकपा माओवादी केन्द्रले दुई वटा पालिकामा प्रमुख र चारवटामा उपप्रमुख पाएको छ  ।

यस्तै नेपाली काँग्रेसले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख पाएको छ  भने एकीकृत समाजवादीले ३ वटा प्रमुख र दुईवटा उपप्रमुख पाएको छ । 
कुन पालिकामा कुन पार्टीको उम्मेदवार ?
नारायण नगरपालिका
मेयर - नेपाली काँग्रेस
उपमेयर - नेकपा (एकीकृत समाजवादी)
दुल्लु नगरपालिका
मेयर - नेपाली काँग्रेस
उपमेयर - नेकपा (माओवादी केन्द्र)
चामुण्डाविन्द्रासैनी नगरपालिका
मेयर - नेकपा (एकीकृत समाजवादी)
उपमेयर - नेपाली काँग्रेस
आठबीस नगरपालिका
मेयर - नेपाली काँग्रेस
उपमेयर - नेकपा (माओवादी केन्द्र)
महाबु गाउँपालिका
अध्यक्ष - नेकपा (एकीकृत समाजवादी)
उपाध्यक्ष - नेपाली काँग्रेस
नौमूले गाउँपालिका
अध्यक्ष - नेपाली काँग्रेस
उपाध्यक्ष - नेकपा (एकीकृत समाजवादी)
भगवतीमाई गाउँपालिका
अध्यक्ष - नेकपा (माओवादी केन्द्र)
उपाध्यक्ष - नेपाली काँग्रेस
डुङ्गेश्वर गाउँपालिका
अध्यक्ष - नेपाली काँग्रेस
उपाध्यक्ष - नेकपा (माओवादी केन्द्र)
गुराँस गाउँपालिका
अध्यक्ष - नेपाली काँग्रेस
उपाध्यक्ष - नेकपा (माओवादी केन्द्र)
भैरबी गाउँपालिका
अध्यक्ष - नेकपा (एकीकृत समाजवादी)
उपाध्यक्ष - नेपाली काँग्रेस
ठाटीकाँध गाउँपालिका
अध्यक्ष - नेकपा (माओवादी केन्द्र)
उपाध्यक्ष - नेपाली काँग्रेस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप