सुर्खेतमा गठबन्धनबीच तालमेलको सम्भावना समाप्त : माओवादी केन्द्र
सोमबार, १२ वैशाख २०७९, १० : ५६
सुर्खेतमा नेपाली काँग्रेस अनिर्णित बन्दा सत्तारुढ दलहरुबीचको गठबन्धन टुटेको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल गरेर जाने भनेर संयुक्त विज्ञप्ति निकालेको काँग्रेसले भागवण्डाको कुरामा लचकता नदेखाएको भन्दै नेकपा माओवादी केन्द्रले गठबन्धनको सम्भावना समाप्त भएको घोषणा गरेको छ ।
नेकपा माओवादी केन्द्र सुर्खेत इञ्चार्ज झकबहादुर मल्ल (सुदीप)ले सुर्खेतमा पाँच दलीय गठबन्धनबीच तालमेलको सम्भावना समाप्त भएको बताए । उनले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई एकल उम्मेदवारी दर्ता गराउने तयारीमा लाग्न आग्रहसमेत गरेका छन् ।
गठबन्धनभित्र तालमेल गरेर जाने कुरामा काँग्रेस अनुदार भएको भन्दै एकीकृत समाजवादी र माओवादीले आन्तरिक तयारी गरिसकेका थिए । मल्लले यसअघि नै मनोनयन दर्ताका लागि फारम ल्याएर वितरण गरिसकेको र आजै उम्मेदवारी दर्ता गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण