प्रकाश सायमीको अनुरोध, ‘सत्यमोहन जोशीलाई दुःख नदेऊ’
चलचित्र लेखक, निर्माता तथा निर्देशक प्रकाश सायमीले शताब्दी पुरुष सत्यमोहन जोशीलाई विमोचन, उद्घाटन र शिलान्यास जस्ता कार्यक्रममा दुःख नदिन अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै सबैमा सबैमा यो अनुरोध गरेका हुन् । जोशीको उमेर पनि धेरै भएको र स्वस्थ्य अवस्था पनि प्रतिकूल रहेकोले सायमीले यस्तो अनुरोध गरेका हुन् ।
पछिल्लो समय मुख्य अतिथिको रुपमा नेतादेखि विभिन्न व्यक्तिसम्मले विमोचन, उद्घाटन र शिलान्यास लगायत बहानामा जोशीलाई कार्यक्रममा सहभागी गराउने क्रम बढ्न थालेपछि सायमीले सत्यमोहनलाई दुःख नदेऊ भन्दै पोष्ट गरेका हुन् ।
‘ललितपुर महानगरपालिकाका मेयर साहब अनि तपाईंका पछिपछि लागेका जो सुकै हुन्, सत्यमोहनदाइको उमेरको ख्याल गरेर उहाँलाई घरि यता लाने, घरि कता लाने, विमोचन भन्दै उद्घाटन भन्दै, शिलान्यास भन्दै उहाँलाई एउटा सम्मान दिएको भरमा यति धेरै दुःख नदिनुहोस्,’ उनी अगाडि भन्छन्, ‘अब उहाँलाई प्रमुख अतिथि बनाउँदै, सम्मान भन्दै तानातान गर्नुभन्दा उहाँको उमेरको ख्याल गर्दै सक्दो सुख शयल र आनन्द अनि घरेलु सुविधा दिन जरुरी छ ।’ यस अगाडिका पनि यस्ता दुःख नातिकाजी, माधव घिमिरे, तारादेवी, संगीतप्रवीण नरराज ढकाल, अम्बर गुरुङले अन्तिम अवस्थासम्म पाएको उनले खुलाएका छन् ।
‘लेखक कलाकार साधक तत्कालै ‘नाइँ भन्न सक्नुहुन्न’, जहाँ पनि गइदिनुहुन्छ । दुःख शरीरलाई हुन्छ’ सायमी लेखेका छन् ‘कृपया उहाँलाई अब यस्तो शारीरिक यातना हुने काममा बाहिर धेरै सक्रिय नबनाउहोस् ।’ आइसल्यान्ड जस्तो देशमा पनि सम्मानित लेखक कलाकारलाई भेट्न सरकारले निजसँग अनुमति माग्नुपर्ने व्यवस्था भएको उल्लेख गरेका सायमीले जोशीको स्वास्थ्य र उमेरको ख्याल राखेर अब धेरै दुःख नदिन सबैलाई आग्रह समेत गरेका छन् । सायमीको पोष्टले करिब २२ सय बढी लाईक, ५ सय कमेन्ट पाएको छ भने २५१ पटक शेयर गरिएको छ । कमेन्ट गर्ने अधिकांशले उनको विचारलाई सहि विचार भनेर प्रशंसा समेत गरेका छन् ।
सोमबार बिहान पनि नेकपा एमाले ललितपुर महानगरपालिकाका मेयरका उमेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य (आस्था)जोशीको घरमा पुगेका थिए । आज आफ्नो नाम उम्मेद्वारमा मनोनयन गर्नु अगाडि जोशीसँग आशीर्वाद भन्दै घर पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
