शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आईकाओको मापदण्डमा नेपालको स्थिति सुधार

सोमबार, १२ वैशाख २०७९, २० : ५३
सोमबार, १२ वैशाख २०७९

नेपाली हवाई उड्डयन क्षेत्रले आईकाओको गुणस्तरको एक तह माथि उक्लिँदै ७१.१ प्रतिशत परिपालन भार पाएको छ । अन्तर्राष्ट्रिय हवाई सुरक्षा सम्बन्धी काम गर्ने संस्था आईकाओले हालै जारी गरेको अडिट रिपोर्ट अनुसार नेपालले समग्रमा ७१.१ प्रतिशत औसत परिपालन भार पाएको हो । यसअघि सन् २०१७ मा भएको अडिटमा नेपालले ६७.७६ प्रतिशत मात्र परिपालन भार पाएको थियो । 

पाँच वर्षमा नेपालले हवाई उड्डयनको क्षेत्रमा निकै प्रगति गरेको जनाउँदै नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अब नेपाली आकाश असुरक्षित नरहेको दाबी गरेको छ । आईकाओको रिपोर्ट सार्वजनिक भए लगत्तै पत्रकार सम्मेलन गरेको क्यानले सरदर नेपालको हवाई सुरक्षाको स्तर विश्व औसत भार भन्दा पनि माथि रहेको जनाएको छ । आईकाओको रिपोर्ट अनुसार हाल १९३ सदस्य राष्ट्रहरूको औसत परिपालन भार ६७.२ प्रतिशत रहेको छ । सोको तुलनामा नेपालको परिपालन करिब ३ प्रतिशतले बढी हो । आईकाओ अडिट अनुसार मध्य एसिया प्रान्तको औसत परिपालन भार भने  ६१.४ प्रतिशत रहेको छ ।

आईकाओले विभिन्न ८ वटा हवाई सम्परीक्षणका क्षेत्रहरूलाई आधार मानी हवाई गुणस्तरको मापदण्ड प्रदान गर्ने गर्छ । विशेष गरी लिजिस्टेशन (एलईजी), अर्गनाइजेसन (ओआरजी), पर्सनल लाइसेन्स (पीईएल), फ्लाइट अप्रेसन (ओपीएस), एयरवर्थनेश (एयर), एयर नेभिगेशन सर्भिस (एएनएस), एरोडोमी एण्ड ग्राउन्ड एड्स (एजीए) र एक्सिडेन्ट् इनभेष्टगेशनलाई आधार बनाएर सुरक्षाको स्तर मापन गर्ने संस्थाले नेपाललाई ७१.१ प्रतिशत प्रदान गरेको हो । 

आईकाओले यही अप्रिल १३ देखि २५ सम्ममा आफ्ना १० जनाको सम्परीक्षक टोली खटाएर नेपालको यूएसओएपी अडिट जारी गरेको हो । यसअघि संस्थाले सन् २००९, २०१३, २०१६ र २०१७ मा नेपालको हवाई अडिट गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप