डोल्पाका तीन पालिकामा निर्विरोध निर्वाचित
कर्णालीको हिमाली जिल्ला डोल्पाका तीन वटा पालिकामा निर्विरोध नेतृत्व निर्वाचित गरिएको छ । जिल्लाका काईके, शे–फोक्सुण्डो र छार्कातोङ्सोङ गाउँपालिकामा अध्यक्षका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।
जसमा दुई पालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी)का छन् भने एकजना नेकपा एमालेका रहेका छन् । जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार काईके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगतकुमार राना निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै वडा अध्यक्ष र वडा सदस्य गरी ३५ जना जनप्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका छन् ।
छार्काताङ्सोङ् गाउँपालिकामा समाजवादीका सेनाङ गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा भने एमालेका कार्मा गुरुङको एकल उम्मेदवारी परेको थियो । शे–फोक्सुण्डो गाउँपालिकामा एमालेका धावासम्डुङ गुरुङ निर्विरोध निर्वाचित भएका छन् । यहाँका वडा नम्बर १,३,५,६,७ र ९ का वडाध्यक्षहरु क्रमशः जिक्मेछोइङ लामा, पेमागिर्मे गुरुङ, कार्मातार्के गुरुङ, रिग्जिन गुरुङ, पेमाछिरिङ गुरुङ र सार्के लामासहित अन्य सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन
-
वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु
-
धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पछिल्लो एक हप्तामा आत्मदाहबाट तीन जनाले गुमाए ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण