टवाइलेटमा खसेको फोन निकाल्न खोज्दा जब महिला स्वयम् टवाइलेटभित्र खसिन्
शौच गर्ने बेलामा मोबाइल चलाउँदा एक महिलाको झण्डै ज्यान गएको घटना बाहिरिएको छ । अमेरिकाको सियाटल शहर नजिकैको ओलम्पिक नेशनल फरेष्ट भित्र रहेको ट्वाइलेटमा उक्त घटना भएको हो । वन घुम्न गएकी पीडित महिलाले त्यहाँ भित्रको कार पार्क नजिक रहेको ट्वाइलेट प्रयोग गरेकी थिइन् ।
शौचको क्रममा मोबाइल चलाइरहेकी पीडित महिलाको मोबाइल अकस्मात ट्वाइलेटभित्र खस्न पुग्यो । ब्रिनन फायर डिपार्टमेन्टका प्रमुख टिम म्यान्लेकाअनुसार ट्वाइलेटमा मोबाइल खसेपछि महिलाले पहिले ट्वाइलेटको बस्ने सिट निकालिन् । त्यसपछि कुकुरलाई बाँध्ने डोरीमा आफूलाई बाँधेर ट्वाईलेटभित्र हामफालेकी थिइन् ।
बाहिर पनि डोरी बाधेकाले झुण्डिने सोचेकी महिला बढी भारका कारण ट्वाईलेटभित्रै खसिन् । वनको सो ट्वाईलेट ‘भल्ट ट्वाईलेट’ थियो, जसमा शौच गर्न बस्ने भाग मुनी ट्यांकी वा ठूलो खाल्डो हुन्छ । म्यान्लेकाअनुसार ट्वाइलेटमा खसेपछि महिलाले एक्लै १० देखि १५ मिनेटसम्म बाहिर निस्किन प्रयास गरिन् । तर उनको प्रयास सफल हुन सकेन ।
सौभाग्य ट्वाईलेटभित्र खसेको मोबाइल सहिसलामत अवस्थामा भेटियो । लगतै महिलाले आपतकालिन सेवामा फोन गरेर सहयोग मागिन् । वनको अग्नि नियन्त्रक टोली तत्काल महिलाको उदारमा पुग्यो । पीडित महिलाको नाम भने खुलाइएको छैन ।
उद्दार गरेपछि महिलाले अग्नि नियन्त्रकसँग आफू चोटमुक्त रहेकी भन्दै उम्किन हडबडाएकी म्यान्लीले बताए । अग्नि नियन्त्रकले भने उनलाई मानव मलमुत्रमा डुबेकाले चिकित्सकको सहयोग खोज्न आग्रह गरेका थिए ।
‘म विगत ४० वर्षदेखि वन क्षेत्रमा काम गरिरहेको छु तर यस्तो घटना पहिलोपटक देखेँ,’ म्यान्लीले भने । –एपीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
-
भैरहवा र पोखरा विमानस्थल चलाउन भारत–चीनसँग नेगोसिएसन भइरहेको छ: अर्थमन्त्री
-
डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने सरकारको तयारी
-
पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण