अनुसन्धानको दाबी : लाम्चोभन्दा चौडा अनुहार हुनेहरु बढी आक्रामक
कसैको अनुहारको आकार हेरेर उसको स्वभावबारे अनुमान लगाउन सकिन्छ ? युनिभर्सिटी अफ न्यू साउथ वेल्सका अनुसन्धाताले नयाँ शोधमा यस्तो सम्भव भएको दाबी गरेका छन् । अनुुसन्धाताका अनुसार चौडा अनुहार भएका मानिसहरु लाम्चो अनुहार भएकाहरुको तुलनामा स्वभावले बढी आक्रामक हुन्छन् ।
पासपोर्ट साइज फोटोमाथि भयो अनुसन्धानः
अनुसन्धानका बेला ६ देखि ९३ वर्षका १७ हजारभन्दा बढी महिला–पुरुषको पासपोर्ट आकारको फोटोबाट उनीहरुको अनुहारको चौडाई र लम्बाईको अनुपात निकालियो । यी मानिसहरुबाट आक्रामकताको आधारमा प्रतिक्रिया लिइएको थियो । जो व्यक्तिमा यो अनुपात बढी थियो, उनीहरुलाई धेरै आक्रामक मानियो । यस्तै जसमा यो अनुपात कम थियो, उनीहरु कम आक्रामक थिए । कम अनुपात भएका मानिसहरु ती थिए जसको अनुहारको आकार लाम्चो थियो ।
युवा पुरुष र ४० नाघेका महिला बढी आक्रामकः
२७ देखि ४० वर्षसम्मका पुरुषको अनुहारको चौडाई, लम्बाईको तुलनामा बढी हुन्छ । यस्तै, योभन्दा ठिक विपरित ४० वर्षभन्दा बढी उमेर भएका महिलामा यो अनुपात बढी निस्कियो । अनुसन्धानका अनुसार युवा पुरुषको चौडा अनुहारलाई बढी आक्रामकता मान्नुको पछाडि शारीरिक मजबुतीको संकेत पनि हुनसक्छ ।
धेरै फेसियल विड्थ टु हाइट रेस्यो (एफडब्ल्यूएचआर) को साथ अघिल्लो अध्ययनहरुले पनि पत्ता लगाएका छ । यसमा धेरै एफडब्ल्यूएचआर भएका मानिस घरेलु हिंसाको मामिलामा संलग्न हुने आशंका बढी हुन्छ बताइएको छ । यस्ता अनुहारलाई पुरुषत्वसँग जोडेर पनि हेरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
-
भैरहवा र पोखरा विमानस्थल चलाउन भारत–चीनसँग नेगोसिएसन भइरहेको छ: अर्थमन्त्री
-
डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने सरकारको तयारी
-
पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण