‘नमस्ते ईद २०२२’ भव्यताका साथ सम्पन्न
ओपन स्पेस नेटवर्कले वार्षिक रुपमा आयोजना गरिँदै आएको ‘नमस्ते ईद २०२२’ को चौथो संस्करण भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा भव्यताका साथ सम्पन्न भएको छ । यस शनिवार एउटा भिन्नै प्रकारको रौनक थियो। 'नमस्ते ईद' नेपालमा मनाइने एक मात्र र सबैभन्दा ठूलो बहु सांस्कृतिक उत्सव हो जसले रमजान उपवास महिनाको अन्त्य भएको र ईद–उल–फित्र उत्सवको जनाउ दिन्छ ।
उत्सवको मुख्य आकर्षणको रुपमा नुजहत काजीद्वारा सञ्चालित ‘मोडेस्टली मोडर्न फेसन शो’ रहेको थियो । साथै, नेपालस्थित अमेरिकी दूतावासकी सांस्कृतिक मामिला अधिकृत साराह जास्मिन नाइट, अभिनेत्री ऋचा शर्मा र मिस नेपाल २०१० तथा मिडिया पर्सनालिटी सदिक्षा श्रेष्ठ जस्ता चर्चित व्यक्तित्वहरू मोडलहरुसँगै र्याम्पमा देखिएका थिए । उत्सवमा 'प्रोजेक्ट सारंगी' का संस्थापक किरण नेपालको विशेष सांगीतिक प्रस्तुति पनि रहेको थियो ।
कार्यक्रममा हलाल आउटलेट, हेन्ना आटिस्ट देखि पर्फ्युम र पहिरन लगायतका स्टलहरू थिए । कार्यक्रममा किड्स जोन, खेलकुद, सुफी तथा कवाली र नृत्य प्रस्तुतिहरु समेत रहेका थिए । काठमाडौँ उपत्यकाका मेयर उम्मेदवारद्वय बालेन शाह र केशव स्थापित समेत यस उत्सवमा सहभागी भएका थिए । साथै, मिथिलेश झा, युवराज शर्मा, रोनाली अमात्य, सञ्जय गुप्ता, दीपाञ्जली लामा शाह लगायतका समाजमा विभिन्न पेसा र क्षेत्रबाट योगदान पुर्याएका चर्चित व्यक्तित्वहरू पनि उत्सवमा सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण