झण्डै २४ अर्बमा बिक्यो मर्लिन मुनरोको एक पोर्टेट
पप आर्टिष्ट एन्डी वोरहोलले तयार पारेको मर्लिन मुनरोको चर्चित पोर्टेट १९.५ करोड डलर( झण्डै २३ अर्ब ९९ लाख)मा विक्री भएको छ। बिक्रीसँगै ‘सट सेज ब्लू मलिन’ नामको कलाकृतिले सार्बजनिक बोलकबोलमा सबैभन्दा महंगोमा विक्री हुने २० औं शताब्दीको चित्रको रेकर्ड बनाएको छ।
बिक्री भएको पोर्टेट वोरहोलले सन् १९६२ मा मुनरोको मृत्युपछि बनाएका पोर्टेट श्रृङ्खलामध्ये एक हो । यसलाई पप आर्ट विधाको सबैभन्दा लोकप्रिय कलाकृतिमध्ये एक मानिन्छ।
सोमबार न्युयोर्कस्थित क्रिस्टीको मुख्यालयमा भएको बोलकबोलमा पोर्टेट विक्री भएको थियो।
क्रिस्टीको भिडभाडयुक्त कक्षमा चार मिनेटभित्र पोर्टेट विक्री भएको संस्थाले बताएको छ । आवश्यक शुल्यसमेत जोडेर चित्रको मुल्य १९ करोड ५०.४ लाख डलर पर्नेछ। ‘सट सेज ब्लू मलिर्न’ अघि पाब्लो पिकासोको ‘वुमिन अफ अल्जियर्स’ २० औं शताब्दी सबैभन्दा महंगो खुला कबोलमा विक्री भएको कलाकृति थियो । ‘वुमिन अफ अज्लियर्स’को १७ करोड ९४ लाखको रेकर्ड तोडेको छ।
वोरहोलको पोर्टेट सन् १९५३ मा नायगरा फिल्मको प्रोमोसनको लागि प्रयोग गरिएको तस्विरमा आधारित रहेको छ। वोरहोलले पोर्टेटमा मुनरोको आखाँ, कपाल र ओडमा चम्किलो रंग प्रयोग गरेका छन्।
कलाकार एन्डी वोरहोल सन् १९८७ मा बितिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण