अपडेट : मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप
बिहीबार, २९ वैशाख २०७९, १२ : १०
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा लागेको छ । स्थानीय नेकपा एमालेका कार्यकर्ताहरूले अन्सारीमाथि पैसा बाँडेको आरोप लगाउँदै होहल्ला गरेपछि जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले सुरक्षा दिएर त्यहाँबाट लिएर गएको हो ।
विवाद बढेपछि जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई प्रहरीको गाडीमा लिएर जनकपुरस्थित विमानस्थलमा लगेको छ । क्षेत्रीले रातोपाटीसँग भने, ‘वहाँ खाना खानका लागि स्थानीयको घरमा जानु भएको रहेछ । त्यहाँ विवाद भएपछि हामीले एयरपोर्टसम्म लगेर छाडिदिएका हौँ । उहाँलाई पक्राउ गरिएको होइन ।’ उनी बिहीबार दिउँसो साढे १ बजेको उडानमार्फत काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

