एमालेको गढ भत्काउँदै दैलेखको ठाँटीकाँधमा काँग्रेस विजयी
नेकपा एमालेको गढ मानिएको दैलेखको ठाँटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रक्षबहादुर शाह निर्वाचित भएका छन् । ०७४ मा एउटा वडाध्यक्ष मात्रै पाएको काँग्रेसले यो पटक बहुमतसहित पालिका अध्यक्ष जितेको हो ।
अध्यक्षमा काँग्रेसका रक्षबहादुर शाहले २ हजार ५७१ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गरेका हुन् । लक्ष्मीदेवीले २ हजार २७९ मत पाएकी छन् । लक्ष्मीदेवी पूर्व मन्त्री एवं नेकपा एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाहकी श्रीमती हुन् ।
यो पालिका कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको गृह पालिका पनि हो । प्रदेशसभा सदस्यमा एमालेबाट जितेका शाहीकै वडा ठाटीकाँध–६ मा पनि काँग्रेसले जित्यो ।
यो पालिकामा नेकपा माओवादी तेस्रो स्थानमा रह्यो । माओवादीका उमेश कुमार रावत (निर्मल)ले अध्यक्षमा एक हजार ६१७ मत पाएका छन् ।
उपाध्यक्षमा भने एमालेका देवीराम बडुवाल विजयी भएका छन् । उनले २ हजार ६९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी भद्रा कुमारी शाहीले २ हजार ४१६ मत ल्याएकी छन् । माओवादीकी विजु कुमारी थापाले एक हजार ५ मत प्राप्त गरेकी छन् ।
६ वटा वडा रहेको यो पालिकामा ०७४ मा पाँच वटा वडामा एमालेले जितेको थियो । तर यो पटक एमाले दुई वटा वडामा मात्र सीमित रह्यो । काँग्रेसले वडा नं. १, ३, ४ र ६ मा जित्दा एमालेले वडा नं. २ र ५ मा मात्र जित हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण