के भन्छन् माओवादी प्रशिक्षणमा उपस्थित शीर्ष नेता र जनप्रतिनिधि ? (भिडियो)
नेकपा माओवादी केन्द्रले बुधबार पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रशिक्षण तथा अभिमुखीकरण भेलाको आयोजना गरेको छ । विशेष गरेर राजनैतिक तथा कानूनी अड्चनका विषयमा केन्द्रित रहेर आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा देशैभरबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।
कार्यक्रमका बारेमा बोल्दै माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, ‘सुरुका दिनदेखि पार्टीको नीति निर्देशन, घोषणापत्र र प्रतिबद्धताहरूलाई आत्मसात गर्दै जनताको भावनाअनुसार काम गर्न, लोकप्रिय काम गर्न, जनभावना र जन शैलीमा काम गर्नलाई एकै ठाउँमा राखेर जनप्रतिनिधिहरूलाई अभिप्रेरित गर्ने, दिशा निर्देश गर्ने हाम्रो कार्यक्रमको उद्देश्य हो ।’
यस्तै शिक्षामन्त्री देवेन्द्र पौडेलले काम, कार्यसम्पादन र जनतासँग थप जोडिनका लागि र जनताप्रति थप उत्तरदायी भई जनताका काम जनताकै लागि गर्न प्रारम्भिक प्रशिक्षण दिएर जनप्रतिनिधिहरूलाई सक्षम बनाउन अभिमुखीकरणको आयोजना गरिएको बताए ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतृत्वले प्रशिक्षण दिने कार्यक्रमका जनप्रतिनिधिहरूले जनतासँगको सम्बन्धलाई कसरी कायम राख्ने, पदीय जिम्मेवारीमा रहेर कसरी काम गर्ने भन्ने विषयमा नेतृत्वले प्रशिक्षण दिने कुराले उत्साहित बनाएको बताएका छन् ।
‘स्थानीय तहमा के कसरी काम गर्ने भन्ने बारेमा एउटा दक्ष जनशक्तिका लागि पार्टी नेतृत्वले काठमाडौंमा बोलाएको छ’, प्रशिक्षणका लागि काठमाडौं आइपुगेका जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल भन्छन्, ‘अब, केन्द्रबाट हामी जनप्रतिनिधिहरूलाई स्थानीय तहको विकास निमार्णका लागि संघीय सरकारबाट र प्रदेश सरकारबाट बजेट लगायतका प्रशासनिक, राजनीतिक सहयोग प्रदान होस् ।’
बुधबार र बिहीबार दुई दिनका लागि आयोजित कार्यक्रममा बोल्न पाए आ–आफ्ना स्थानीय तहका समस्या र समाधानको उपायका बारेमा पनि नेतृत्वसँग प्रश्न गर्ने जनप्रतिनिधिहरूको प्रतिक्रिया छ । उनीहरूले पार्टीको वैचारिक धारमा रहेर जनताको हितका लागि काम गर्न नेतृत्व तहको अभिमुखीकरण कार्यक्रम निकै महत्वपूर्ण रहने पनि बताएका छन् ।
यी र यस्तै प्रसंगमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमस्थलमा पुगेर शीर्ष नेतृत्व र जनप्रतिनिधिहरूलाई रातोपाटी टिमले प्रश्न गरेको छ ।
हेरौं शीर्ष नेता र जनप्रतिनिधिहरुको जवाफ जस्ताको तस्तै-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण