नर्वेमा भेटियो ३,००० वर्ष अघिको संसारकै सबैभन्दा पुरानो जुत्ता
नर्वेमा भेटिएको विश्वकै सबैभन्दा पुरानो जुत्ता करिब ३,००० वर्ष पुरानो हो । यसलाई कास्य युगको जुत्ता बताइएको छ । नर्वेको साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटीको रिपोर्ट अनुसार यो जुत्ता ती हजारौँ प्राचिन कलाकृतिमध्ये एक हो जुन पछिल्लो दुई दशकमा यहाँ पहाडमा जमेको बरफ पग्लिएका कारण पाइएको थियो ।
यो प्राचिन जुत्ता वास्तवमा सन् २००७ मा दक्षिण नर्वेको जोतुनहेमेनको पहाडी इलाकामा भेटिएको थियो । यो छालाको जुत्ता कुनै महिला वा पुरुषको हुनसक्ने बताइएको छ । यो जुत्तासँग थुप्रै तीर र काठको कोदालो पनि भेटिएको थियो । यसमार्फत् थाहा हुन्छ कि यो इलाका शिकारको एक महत्वपूर्ण मैदान हुने गर्दथ्यो । यो जुत्ताको खोजी गर्ने अनुसन्धाताका अनुसार यो जुत्ता करिब ११०० इसापूर्वको हो, जुन नर्वेको सबैभन्दा पुरानो जुत्ता हुनसक्छ ।
वैज्ञानिकद्वारा चिन्ता व्यक्त
एसिडिक माटो वा विशाल हिमनदीमुनि दबिएको चिजभन्दा ठिक विपरित नर्वेको पहाडमा बरफको प्याचमा भेटिएका वस्तुहरुको स्थिति हज्जारौँ वर्षपछि पनि उत्कृष्ट हुन्छन् । यहाँ हतियार, कपडा, बोटबिरुवा र जनावरको अवशेष सबै बरफ भित्रैबाट निस्कने गर्छ । यसमार्फत् नर्वेको हज्जारौँ वर्षको इतिहास सार्वजनिक भएको छ । तर यो नयाँ रिपोर्टले भने अब जलवायु परिवर्तनले सबैकुरा नष्ट गर्न सक्ने बताएको छ ।
केही दशकमा नै नर्वेको बरफको निकै ठूलो हिस्सा पग्लन सुरु भएको छ । एनटीएनयू युनिभर्सिटी म्युजियमका एक पुरातत्वविद् तथा एसोसिएट प्रोफेसर बिगरित स्कारका अनुसार सन् २०२० मा खिचिएको सेटलाइट तस्बिरको आधारमा सर्भे गरिएको थियो जसमार्फत् १० छानिएका बरफको प्याचमध्ये ३० प्रतिशतभन्दा बढी पग्लिएको छ ।
जलवायु परिवर्तनले खराब हुनसक्छ प्राचिन वस्तु
बरफको प्याच पहाडको उचाइमा बन्ने गर्छ । गर्मीमा यो बरफ पूर्ण रुपमा पग्लिँदैन जबकी हिमनदीभन्दा विपरित बरफको यो प्याच बग्दैन, त्यसैले बरफको प्याचमा गाडिएका चिज हज्जारौँ वर्षसम्म निकै राम्रो अवस्थामा रहन्छ । जब बरफ पग्लन सुरु हुन्छ तब त्यस्ता कुराहरु देखिन थाल्छ । यद्यपि, वैज्ञानिकले बरफ पग्लने बित्तिकै यी चिज भेट्टाउन सकिएन भने यी कलाकृति हराउने खतरा हुने बताएका छन् ।
Oldest shoe in Norway, dating to 3,000 years ago, recovered from melting ice patch https://t.co/6eyeQOMEgq
— Live Science (@LiveScience) June 3, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण