बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२ हजार करोड भारु कमाउने पहिलो चलचित्र बन्यो दंगल

मङ्गलबार, १३ असार २०७४, १५ : ३०
मङ्गलबार, १३ असार २०७४

मुम्बई – फोर्ब्स पत्रिकाका अनुसार अमिर खान अभिनित चलचित्र दंगल बलिउडमा २ हजार करोड भारु कमाउने पहिलो चलचित्र बनेको छ । 

चिनियाँ बक्स अफिसमा ५३ औँ दिनमा २.५ करोड भारु कमाएपछि चलचित्रले यो कोशेढुंगा पार गरेको हो । फेर्ब्सका अनुसार चलचित्रले ३०.७ करोड डलर कमाउन सफल भएको छ ।

यति मात्र होइन दंगल अंग्रेजीबाहेकका चलचत्रिमा सबैभन्दा धेरै कमाउने सूचीमा पाँचो स्थानमा रहन सफल भएको छ भने सन् २०१७ मा खेल क्षेत्रमा आधारित भएर निर्माण गरिएको सबैभन्दा सफल चलचित्र पनि बनेको छ ।

यसअघि दंगल हलिउडबाहेक चिनियाँ बक्समा १६ औँ सफल चलचित्र पनि बनिसकेको छ ।

दंगलले क्याप्टेन अमेरिका ः सिभिल वार, थ्रिपल एक्स ः रिटर्न अफ ज्यान्डर केज, ट्रान्सफमर्स ः डार्क अफ द मुन, टाइटन थ्रिडी र जंगल बुकलाई पछि पारिकसकेको छ ।

दंगलअघि अवतार र जुरासिक पार्क  १५ र १४ औँ स्थानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप