नक्कली नागरिकता सिफारिस गर्ने पूर्व वडाध्यक्ष र सचिव फरार
नक्कली नागरिकता सिफारिस गरेको भन्दै धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष फरार भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८को वडाध्यक्ष रहँदा रमेश ठाकुरले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै उनी विरुद्ध पक्राउ पुर्जी जारी अदालतले गरेको हो । पूर्व वडाध्यक्ष ठाकुरसँगै वडा सचिव माधव रायविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । वडाध्यक्ष ठाकुरका साथै वडा सचिव रायको नाममा पनि पक्राउ पुर्जी जारी भएपछि उनी समेत फरार छन् । नागरिकता प्राप्त गरिसकेका व्यक्तिलाई पुनः जनकपुरधाम वडा नम्बर ८ बाट नागरिकताकै लागि सिफारिस गरेपछि उनीबिरुद्ध मुद्दा परेको थियो ।
तत्कालीन वडाध्यक्ष ठाकुरले धनुषाको मुखियाट्टी मुसहरनियास्थित तुलसियाही जब्दीका आनन्द मिश्रले २०७० साल जेठ १९ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए ।
नागरिकता प्राप्त गरेका आनन्द मिश्रलाई जनकपुरधाम वडा ८ बाट आनन्द मोहन शरणको नाममा नागरिकताका लागि सिफारिस गरिएको पाइएको छ ।
त्यसपछि मिश्रले २०७८ मङ्सिर १७ गते आनन्द मोहन शरणको नाममा जिल्ला प्रशासन कार्यालय धनुषाबाट अर्को नागरिकता प्राप्त गरे ।
दूबै नागरिकतामा उनको जन्म मिति र स्थान फरक फरक देखाइएको छ । भने यसका साथै पहिलो नागरिकतामा बुवाको नाम पवन मिश्र उल्लेख छ । त्यस्तै अर्को नागरिकतामा बुवाको नाम देव शरण उल्लेख गरिएको छ । अहिले आनन्द भने कारागारमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण