स्थानीय तहहरूले हटाउँदै करारका शिक्षक र कर्मचारी
बैतडीका स्थानीय तहहरूले करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थालेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाले करारका कर्मचारी र शिक्षक हटाउन लागेका हुन् ।
साउन १ देखि करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने निर्णय डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । विसं २०७८ पुसयता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकलाई साउन १ गतेदेखि काममा नआउन भनिएको छ ।
अन्धाधुन्ध रूपमा पूर्ववर्ती सरकारले पालिकामा कर्मचारी र शिक्षकलाई करारमा भर्ना गरेकाले पुस ३० गतेपछि नियुक्त भएकाको करार अवधि साउन १ गतेबाट नथप्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । स्रोत सुनिश्चितता नगरी चुनावलाई लक्षित गरेर कर्मचारी भर्ना गरेकाले अहिले पनि कर्मचारीको तलबमा रु ७७ लाख अपुग भएको गाउँपालिकाले जनाएको छ ।
यस्तै गाउँपालिकामा पहिलादेखि नै करारमा कार्यरत अन्य कर्मचारी र शिक्षकको हकमा पनि उनीहरुलाई व्यवस्थापन गर्न कार्यदल बनाइएको र कार्यदलले मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने र सोहीअनुसार करारका कर्मचारीको व्यवस्थापन गरिने अध्यक्ष जोशीले बताए ।
गाउँपालिकाले दरबन्दीका कर्मचारी लोकसेवा आयोगबाट माग गर्ने नीति लिएको भन्दै अध्यक्ष जोशीले करारमा कर्मचारी राख्ने कुरालाई निरुत्साहित गरिने स्पष्ट पारे । यस्तै करार शिक्षकका बारेमा आगामी आर्थिक वर्षमा कसरी अगाडि बढ्ने भन्ने पालिकाले निर्णय गरि नसकेकाले विद्यालयलाई सचेत गराइएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीले बताए ।
केही विद्यालयले करार शिक्षकहरूको आफूखुसी करार नवीकरण गरिरहेको भन्ने खबर आएकाले त्यसो नगर्न नगरपालिकाले आग्रह गरेको हो । करार शिक्षकका विषयमा अहिलेसम्म नगरपालिकाले निर्णय गरि नसकेकाले करार अवधि थप्ने कार्य नगर्न विद्यालयहरूलाई सचेत गराइएको हो । दशरथचन्द नपा शिक्षा शाखाले एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका विद्यालयमा कार्यरत करार शिक्षकको अवधि थप्ने÷नथप्ने क्षेत्राधिकार पालिकाको रहेकाले यसतर्फ सचेत हुन सबै विद्यालयलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : संस्थापन पार्टी एकतामा गम्भीर छैन
-
आन्तरिक पर्यटकको मुख्य रोजाइ काठमाडौँ र पोखरा, केमा गर्छन् धेरै खर्च ?
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधन हटाउन माग गरिएको रिट दर्ता गर्न आदेश
-
गृहमन्त्री सुधन गुरुङ ‘गायब’ !
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : धनगढीका शेर मल्लले पाए स्पेसल अवार्ड
-
बालेनको ‘हनिमुन डेज’ : जबाफदेहिता बिर्सेर नायकत्वको भ्रम !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण