शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा भारतीय गाडीबाट २ क्विन्टल  ​गाँजा बरामद

सोमबार, ०२ साउन २०७९, ०९ : ५८
सोमबार, ०२ साउन २०७९

रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले २ क्विन्टल  लागुऔषध गाँजा सहित एक भारतीय नम्बर पलेटको स्कर्पियो बरामद गरेको छ ।  सशस्त्र प्रहरी बेस क्याम्प  फतुवाबाट इन्स्पेक्टर विनय श्रेष्ठको कमान्डमा गएको टोलीले राजपुर नपा ६ कुडिया चौक स्थित गाडी सहित  २ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको हो ।

आँपको बगैँचामा लुकाई पार्किङ गरि राखिएको डिएल  ४ सि  एनबी ६२२९ नम्बरको स्कोर्पियोमा गाँजाको १३ वटा पोका सहित लाई टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरले बताएका छन् ।

प्रति पोका १४ केजी ८ सय ग्रामको दरले कुल १ सय ९२ केजी ४०० सय ग्राम गाँजा सहित एक स्कर्पियो बरामद भएको डीआईजी मगरले जानकारी दिएका छन ।

बरामद गाँजा सहितको गाडी कसको हो भने हालसम्म खुल्न नसकेको तथा आवश्यक अनुसन्धान एवं कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप