सशस्त्र प्रहरीद्वारा भारतीय गाडीबाट २ क्विन्टल गाँजा बरामद
रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले २ क्विन्टल लागुऔषध गाँजा सहित एक भारतीय नम्बर पलेटको स्कर्पियो बरामद गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प फतुवाबाट इन्स्पेक्टर विनय श्रेष्ठको कमान्डमा गएको टोलीले राजपुर नपा ६ कुडिया चौक स्थित गाडी सहित २ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको हो ।
आँपको बगैँचामा लुकाई पार्किङ गरि राखिएको डिएल ४ सि एनबी ६२२९ नम्बरको स्कोर्पियोमा गाँजाको १३ वटा पोका सहित लाई टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरले बताएका छन् ।
प्रति पोका १४ केजी ८ सय ग्रामको दरले कुल १ सय ९२ केजी ४०० सय ग्राम गाँजा सहित एक स्कर्पियो बरामद भएको डीआईजी मगरले जानकारी दिएका छन ।
बरामद गाँजा सहितको गाडी कसको हो भने हालसम्म खुल्न नसकेको तथा आवश्यक अनुसन्धान एवं कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण