मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नीर शाहसहित दर्जन कलाकर्मी सम्मानित

मङ्गलबार, ०३ साउन २०७९, ११ : ४७
मङ्गलबार, ०३ साउन २०७९

वरिष्ठ कलाकार नीर शाह सहित करिब दर्जन कलाकर्मी एकसाथ सम्मानित भएका छन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले ‘मेरो भ्वाइस युनिभर्सल’ र ‘मेरो डान्स युनिभर्सल’  घोषणा गर्न सोमबार साँझ राजधानीमा आयोजना गरेको कार्यक्रममा सबै कलाकर्मीलाई एकसाथ सम्मान गरिएको हो ।

शो अवसरमा सम्मानित हुनेमा भुवन केसी, निर्मल शर्मा, दीपाश्री निरौला, प्रियंका कार्की, सुशिल नेपाल, लक्ष्मण पौडेल, कुमार कार्की, दुर्गा प्रसाद पाण्डे, ज्ञानेन्द्र राज देवकोटा र माधव खरेल लगायत रहेका छन् । 

कार्यक्रममा कलाकार किरण केसीले ‘मैले रक्सी छोडी सके’ बोलको गीत गाएर दर्शक नचाएको कार्यक्रममा गायक पुष्पन प्रधान, शिव परियारले समेत गीत गाएका थिए । उक्त अवसरमा नेपाली वीरहरूको वीरता झल्कने डान्स समेत प्रस्तुत गरिएको थियो । इन्ट्रा फाउन्डेशनले अहिले ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ आयोजना गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप