नीर शाहसहित दर्जन कलाकर्मी सम्मानित
वरिष्ठ कलाकार नीर शाह सहित करिब दर्जन कलाकर्मी एकसाथ सम्मानित भएका छन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले ‘मेरो भ्वाइस युनिभर्सल’ र ‘मेरो डान्स युनिभर्सल’ घोषणा गर्न सोमबार साँझ राजधानीमा आयोजना गरेको कार्यक्रममा सबै कलाकर्मीलाई एकसाथ सम्मान गरिएको हो ।
शो अवसरमा सम्मानित हुनेमा भुवन केसी, निर्मल शर्मा, दीपाश्री निरौला, प्रियंका कार्की, सुशिल नेपाल, लक्ष्मण पौडेल, कुमार कार्की, दुर्गा प्रसाद पाण्डे, ज्ञानेन्द्र राज देवकोटा र माधव खरेल लगायत रहेका छन् ।
कार्यक्रममा कलाकार किरण केसीले ‘मैले रक्सी छोडी सके’ बोलको गीत गाएर दर्शक नचाएको कार्यक्रममा गायक पुष्पन प्रधान, शिव परियारले समेत गीत गाएका थिए । उक्त अवसरमा नेपाली वीरहरूको वीरता झल्कने डान्स समेत प्रस्तुत गरिएको थियो । इन्ट्रा फाउन्डेशनले अहिले ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ आयोजना गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण