नेपालको संघीयता संसारकै कमजोर भयो : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीयता नचाहिने भए हटाइदिनुपर्ने तर्क गरेका छन् । प्रदेश सरकारलाई अधिकार सम्पन्न नगराएको आक्रोश पोख्दै उनले नेपालको संघीयता संसारकै सबैभन्दा कमजोर भएको टिप्पणी गरे ।
सोमबार वीरेन्द्रनगरमा आयोजित संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तर्क्रियामा बोल्दै उनले भने, ‘तीन तहका सरकारबीच तँ ठुलो कि म ठुलो भन्ने भइरहेको छ । मैले बुझेको तीनवटै तहको सरकार भनेको संघ सरकार भनेको सुनिने सरकार हो । त्यसलाई अर्थ, राष्ट्र र सुरक्षाको जिम्मा लगाएर त्यसपछि बजेटिङ गर्ने जिम्मा प्रदेश सरकारलाई लगाउनुपर्थ्यो । त्यसलाई डेलिभरी गर्ने जिम्मा स्थानीय सरकारलाई लगाउनुपर्थ्यो । तर भएको छैन ।’
‘म राष्ट्रियसभा अध्यक्षज्युलाई भन्न चाहन्छु साँच्चै संघीयता नचाहिएको हो त ? प्रदेश सरकारलाई अधिकार दिन नखोजिएको हो ? ठुलो कुरा छैन अहिले आवाज उठिरहेको छ, प्रदेश सरकार चाहिँदैन भने यसलाई हटाइदिउँ न त के बिग्रियो ?,’ उनले आक्रोश पोख्दै भने, ‘माथि गणतन्त्र छँदैछ । संघीयता नभएर के भो ?’ साथै मुख्यमन्त्री शाहीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि संघीयता नचाहिएको हो भने हटाइदिन भनेर आग्रह गरेको समेत उल्लेख गरे ।
उनले भने, ‘आजको मुख्यमन्त्रीभन्दा उतिबेलाको जिल्ला विकास समितिको सभापति धेरै पावरफुल थियो । संसारमा सबैभन्दा कमजोर संघीयता भारतको थियो, त्योभन्दा पनि कमजोर नेपालको भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण