बस्ती पसेको पाटेबाघ नियन्त्रणमा
बुधबार, ०१ भदौ २०७९, १४ : ३३
सल्यानको कालिमाटी गाउँपालिका–२ को बाटुले गाउँमा आतंक मच्चाउने पाटे बाघ नियन्त्रणमा लिइएको छ । प्रहरी, सेना र डिभिजन वन कार्यालयको टोलीले बाघलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो ।
कालिमाटी गाउँपालिका–२ बाटले गाउँका तुल्सीकुमारी घर्तीको गोठमा बाँधेको गोरु मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान ६ बजेतिर उक्त बाघले गोठमा बाँधको दुईवटा गोरु मारेको थियो भने एउटा गोरुलाई घाइते बनाएको थियो ।
घुईबारी प्रहरी चौकीका अनुसार बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ देवीदत्त गणको नेपाली सेना र प्राविधिकको टोली सल्यानमा पुगेको थियो । सो टोलीले गोठदेखि दुई सय मिटर पश्चिममा रहेको बाँसघारीमा बसिरहेको अबस्थामा बाघ नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको बाघ बुधबार नै बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण