‘टीकापुर विद्रोह’ दिवस मनाउनेबारे थारुबीच मतभेद, नागरिक उन्मुक्तिले एक्लै मनाउने
भदौ ७ गते कैलालीको टीकापुरलगायत स्थानमा मनाइने टीकापुर विद्रोह दिवस आयोजनाबारे थारु अधिकारवादी संघ–संस्थाबीच चरम मतभेद देखिएको छ । २०७२ भदौ ७ गते घटेको टीकापुर घटनालाई टीकापुर बिद्रोह तथा थारु विद्रोह दिवस र ८ गते कालो दिनको रुपमा मनाइँदै आइएको छ । सो दिवस मनाउने विषयमा मतभेद देखिएको हो ।
थारु कल्याणकारिणी सभा (थाकस), थरुहट÷थारुवान राष्ट्रिय मोर्चा, राजनीतिक दल, टीकापुर राजबन्दी पीडित संघ, थारु विद्यार्थी समाजलगायत संघ संस्थाहरुको संयुक्त आयोजनामा दिवस मनाउनेबारे शनिबार टीकापुरमा छलफल राखिएको थियो । तर प्रमुख अतिथिबारे कुरा नमिल्दा मतभेद सिर्जना भएको हो ।
नागरिक उन्मुक्ति पार्टीका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले थाकसको सभापतित्व र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख अतिथ्यमा कार्यक्रम गर्ने र जेलबन्दी परिवारका सदस्यलाई अतिथि बनाइ सम्मान गर्ने सबै संघ संस्थाले निर्णय गरेको र सहमति भएको बताए । तर टीकापुर बिद्रोहबाटै जन्मिएको तथा जनमतबाट आएको नागरिक उन्मुक्ति पार्टीलाई केही दल र ब्यक्तिले स्वीकार गर्न नसक्दा सहमति हुन नसकेको दाबी गरे ।
नेपाली कांग्रेसका केही नेताका स्वार्थ र अझै पनि थारु फटाउ रणनीतिका कारण सहमति भाँडिएको मेयर डंगौराको आरोप छ । उता बैठकमा सहभागी पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामजनम चौधरीले भने, ‘जेलमा रहेका राजबन्दी परिवारका सदस्यलाई प्रमुख अतिथि बनाउनुपर्ने भनाइ राखेका थियौ । तर उहाँहरुले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मात्रै प्रमुख अतिथि बनाउनुपर्ने अडानमा बस्नुभयो । यसैमा कुरा नमिल्दा उहाँहरु छलफलबाटै बाहिर जानुभयो ।’
त्यस्तै, कार्यक्रम मूल आयोजक समिति संयोजक तथा थाकस कैलालीका सभापति माधव थारुले हालसम्म थरुहट आन्दोलनको अगुवाइ थाकस र मोर्चाले नै गरिरहेको बताउँदै छलफलकै क्रममा नागरिक उन्मुक्ति बाहिरिएपछि निष्कर्षमा पुग्न नसकिएको जनाए ।
नागरिक उन्मुक्तिमा अतिवादी चिन्तन हाबी रहेको आरोप लगाउँदै उनले नागरिक उन्मुक्ति बाहेकका संघ संस्थाको संयुक्त आयोजनामा टीकापुरको कान्छी बजारमा कार्यक्रम गरि दिवस मनाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण