बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२८६ जनामा सङ्क्रमण पुष्टि, ४७९ जना निको भए

आइतबार, ०५ भदौ २०७९, १७ : ४१
आइतबार, ०५ भदौ २०७९

देशभर थप २८६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ४२३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २०२ तथा एन्टीजेन विधिबाट ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४७९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ४ हजार ३४८ पुगेको छ । यही अवधिमा थप सङ्क्रमितको मृत्यु भने भएको छैन । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९९२ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ३४३ जनाले मात्र कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप